नर्थक्यारोलाइनामा नम्रताको एकल कविता बाचन

अमेरिकाको नेपाली समाजमा नेपाली साहित्यका गतिविधिहरूमा केही समय यता आफ्नो सक्रियता बढाउँदै आएका नर्थ क्यारोलाइना नेपाली साहित्य समाज र अन्तराष्ट्रय नेपाली साहित्य समाज(अनेसास) नर्थक्यारोलाइना च्याप्टरले गत हप्ता एक कार्यक्रमका बीच नम्रता गुरागाईं एकल कविता बाचन कार्यक्रम सम्पन्न गरे ।

कवयित्री गुरागाईंद्धारा विभिन्न समयमा लेखिएका आफ्ना कविताहरू बाचन गरिएको यसै कार्यक्रममा कवयित्री गुरागाईंका थप केही कविताहरू शिशिर खनाल, विक्रम गौतम र निर्मला राजभण्डारीले पनि बाचन गरेर सुनाएका थिए ।

कार्यक्रमका सञ्चालक तथा कवि ऋषि बस्ताकोटीले नम्रताका कविता सिर्जनाका बारेमा नेपाली साहित्यका लेखक समालोचकहरू तथा घर परिवारका सदस्यहरूकोसमेत प्रतिक्रिया प्रस्तुत गरेका थिए । त्यसक्रममा रजनी ढकाल, हरिराज भट्टराई, शैलेन्द्र साकार, गोविन्दराज भट्टराई, खुमबहादुर खड्का, भारती गौतम, अनिल पौडेल र शरद आचार्यका प्रतिक्रियाहरू प्रस्तुत गरिएको थियो ।

यही डिसेम्बर १४ का दिन सम्पन्न यस कार्यक्रमको अध्यक्षता आयोजकहरूको तर्फबाट शिशिर दुलालले गरेका थिए । त्यसक्रममा अमेरिकाका भ्रमणमा रहनु भएकी नेपाली कवियत्री कुन्ता शर्माबाट उनको चर्चित कविताहरू पोथी बास्नु हुन्न, धातु, कसरी सम्झाउँ नानीहरूलाई पनि बाचन गरिएको थियो ।

Add a Comment

Your email address will not be published. Required fields are marked *