गज़ल


ऐना निकम्मा परेको हो कि ?
जोबान अन्तै सरेको हो कि ?

आतेस लाग्यो बुढ्यौली देख्दा
आकर्ष भैँमा झरेको हो कि ?

निख्रेछ लाली सुकेछन् ओठ
मुस्कान खोलो तरेको हो कि ?

छोडेछ क्यारे खुसीले साथ
देवेश ! तिम्ले हरेको हो की ?

बेचैन छायो उदासी देख्दा
उत्साह सारा मरेको हो कि ?

बल्किन्छ छाती अनौठोसङ्ग
सानन्द बेला टरेको हो कि ?

बन्दैछ यात्रा कहाली लाग्दो
सन्त्रास कस्ले छरेको हो कि ?

सेताम्य जस्तै भएछन् केश
हे काल ! निम्ता गरेको होकी ?

©komalpbhatta@yahoo.com
(बहरे सगीर अहज)
सूत्र:-२२१२ २१२२ २२

@KomalBhattahttps

Add a Comment

Your email address will not be published. Required fields are marked *