गजल

एउटा मूल्य पछ्याउँदै ,अर्को मूल्य चुकाई आएँ ।
इष्ट मित्र,साथी-भाइको दरो नाता टुटाई आएँ ।

कस्तो मोह ,प्रलोभन यो खाडल जस्तै गहिरिने ,
सम्बन्धका हातहरु झट्कारेर फुकाई आएँ ।

टोल-छिमेकमा हल्ला चल्छ,विदेशिनै भयो अब ,
आत्मिय त्यो गुन्द्रुक-मकै,झोला भित्र लुकाई आएँ ।

आँफू,आफ्नोपन अनि स्वाभिमाननै बेचे जस्तो ,
मन कुॅंडाउँदै थ्यांक यू-थ्यांक यू ,भन्दै शिर झुकाई आएँ ।

एउटा मूल्य पछ्याउँदै,अर्को मूल्य चुकाई आएँ ।
इष्ट मित्र,साथी-भाइको दरो नाता टुटाई आएँ ।

One Comment

Add a Comment

Your email address will not be published. Required fields are marked *