रातो रिवन तेर्सायर छेक है छेक

म्याराथन दौडमा मान्छे
मान्छेको सहयात्री बनि डौडिरहेछ
मृत्यु चुप्चाप चुप्चाप
हिजो आज नचाँहदा नचाँहदै
मानिसहरुको हुलसँगै
यत्र तत्र छरिएरै दौड़ीरहेछन् ।

बिना साँधको रेखांकन पार गर्न
सपना विपनाबिचको
मौनता नाघेर आफ्नै मृत्यु जित्न
हरेक क्षण हतारमा कुदिरहेछ मान्छे
तर , मान्छेलाई के थाहा ?
मृत्यु भने खित्का छोडी हाँसिरहेछ
मान्छे मान्छेको हत्केलामा झुण्डिएर
बोल्दै नबोलि यत्र तत्र छरपट्ट छरिएर
मान्छेकै डोब र छापहरुमा जहर बनेकोछ ।

मृत्यु,
पछ्याईरहेछ महाकाल रुप धरी
हा हा…हा हा… गर्दै
हाँसेर हेरिरहेछ मृत्यु पन्जा फिंजाएर
स्वास प्रश्वास घोल्लिएर संमोहीत हुँदैछ
मृत्यु !
डुगं-डुगंती गनाउन थालेकोछ
नाख मुख छोपि हिंडिरहेछ मान्छेहरु
मृत्युबोध,
मान्छे मान्छेले आफ्नै कुकृत्य हेरेर
प्रकृतिलाई छलागं लगाउँदैछ
राम्रो गुण त्याग्दै नराम्रोमा तरंगित बन्दैछ
जीवन र मृत्युको दोसाँधमा च्याम्पट्टि झैं
घुमिरहेछ फन्का मारेर मान्छे-मान्छेबिच
बेसुरे मुरलीको धुन बजाएर
तार फुस्किएको सारंगी रेटेर
भजन गाएर
बिकुल फुकेर
झ्याली पिटेर
शून्यमा शून्य भंग गर्दै
मृत्युहरू हुलका हुल डौडंदैछ
मान्छे मान्छेसँगै हातेमालो गर्दैछ ।

मृत्यु !
त्रिकाल रुप धारी मान्छेकै सामिप्यमा
बिना शब्द-बिना आवाज
जिवन र मृत्युको दोसाँधमा
चिच्याई चिच्याई कराईरहेछ
वैज्ञानिक र डाक्टरहरुलाई
देश चलाउने साशकहरुलाई
बिधान र सम्बिधान बनाउने विज्ञहरुलाई
चुनौती दिरहेछ ।

मृत्यु !
तिमी सक्छौ भने
देश विदेशको नाकाबाट बिना प्रवेषाज्ञा
लुसुक्क एक पछि अर्को भूगोल छिचोल्दै
अदृष्य म्याराथन दौडमा
हुईंकीरहेका अनेकरुपका भाईरसहरु
आ-आफ्न्नो नाकाको पिंजडामा बन्द गर
सिमानामा लगाऊ पर्खाल
बेसुरमै डौडिरहेने चन्चले
म्याराथन बाहकलाई
अन्तिम बिन्दुमा
रा…तो…रिवन तेर्स्यायर छेक
रा…तो…रिवन तेर्स्यायर छेक है !

One Comment

Add a Comment

Your email address will not be published. Required fields are marked *