तिम्रो त्यो दरबार
|त्यही एक मुठी
त्यति भए पुग्छ एक छाक
व्यर्थ किन फैलाउँछौ
हातहरु
सोहर्न पाए जति
भ्याए जति
भोट भए त ठीकै छ
झुक्याएर खोसी हाल्छौ
कहिले यो पद
कहिले त्यो पद
लुडोमा भर्याङ चढे जस्तै
सिँढी नटेकि एक्कैचोटि माथि गए पनि
अनि सर्पले छेरे जस्तो
माथिल्लोबाट तल झरेर भए पनि
तिम्रो लालच हो
जति भए पनि नपुग्ने
तर व्यर्थ किन खोस्छौ
तिमीलाई भोट दिने
गरीब दु:खीको घरको खुसी
उसको आँगनको अलिकति घाम
उसको परिवारको आँसु
कागताली परेको
तिम्रो त्यो दरबार सजाउनलाई