म अनागरिकहरूको बयान

कतै सिमाना वारि,
कतै सात डाडाँ पारि,
त कतै समुद्रहरू तरि,
अरुको मूलुकमा आश्रित,
आफ्नै देश छिर्न बन्चित
अनागरिक म नागरिकहरू ।

कोरोनाको महामारीले त्रसित महरु,
देश फर्किने चाहना भएका महरु
बासँ र गासँ खोज्दै गरेका महरू ,
लक्डाउनले अलपत्र पारिएका
मेसेन्जरमा हरियो बत्ती कुरी रहेका
नेपालको न्युज चनाखो हुँदै सुनिरहेका
रित्तिएका वाईवाई अनि गुन्द्रुकका कोसेली
खोतल्दै गरेका
अनागरिक म नागरिकहरू ।

हो हामी सबै सबै म अनागरिकहरू –
फिलिङ्ग बोर पोस्टहरुमा एग्रि/लाइक रियाक्ट गर्दै
आफू पनि घरै बसी बोर हुन पाए हुन्थियो
सबै देशका साथीसखी घर फर्किसक्दा
आफूलाई लिन कोई नआएको गुनासो बोकेका
अनागरिक म नागरिकहरू ।

दसैँ पनि छुट्यो
तिहार पनि छुट्यो
अब नव वर्ष परिवार सँग मनाउन
प्याक गरेका लग्गेज नियाल्दै गरेका
रोग भन्दा पहिले मास्क मा निसासिँदै गरेका
एतै केहि भैहाले,
लास घर नफर्केला भनि अत्तिएका
घर पठाउन भनेर जमाएको पैसा
नचाहाँदा-नचाहाँदै खर्चिदैँ गरेका
अनि
लाखौंको संख्यामा विदेशिएका
सिमा पारिका म अनागरिकहरूको
आज
एक मात्र चाहना,
सिमाना खुल्ने आश
अनी नेपालमै अन्तिम सास ।

तर,
झस्किन्छु
कतै म आफै संक्रमित पो छु कि ?
कतै मेरै कारणले
मेरो मातृभूमि तिमी नै रोगी पो हुन्छौ कि ?

आत्तिन्छु-
लाखौं महरुलाई
क्वारन्टिनमा राख्न सक्ने धरातल त छ तिमीसँग ?
अझै,
सम्झन्छु-
एकादेशमा,
नेपाल आमाले नै
पाल्न,पढाउन अनि रोजगार दिन नसकेर
विदेशिएको थिएँ
तब सध्धे हुँदा त,
महरूको जिम्मा लिन सकेनौ सरकार !
सिमामा अलपत्रहरुलाई त हेर्न सकेका छैनौ
के आशा राखौँ म तिमीबाट ?
म काँचो निस्तो खाएर बाचेँ मरे पनि,
बस मेरो परिवारको जिम्मा लिदेऊ सरकार !

हिजो अङ्रेजहरुसँग त कती नडराई लडे गोर्खाली
महा भूकम्प २०७२ ले ध्वस्त हुँदा नि फेरी अटल तिमी,
यो विदेशी भाईरशबाट छिटै निको हुनेछौ
विश्वास छ हामी सबै सबै महरुमा
अनागरिक म नागरिकहरूमा ।

फेरी तिम्रो सन्तान
गासँको आश
विकाशको लोभ
छात्रवृत्तीको चाहाना
अनि रोजगारको अवसर
खोज्दै विदेशिनु नपरोस्
फेरी कोही महरू अनागरिक बनेर
आँफैलाई धिक्कारिनु नपरोस्
अनागरिक म नागरिकहरू ।

One Comment

Add a Comment

Your email address will not be published. Required fields are marked *