सूर्य भोलि पनि उदाउँछ
|प्रिय ! म आज उद्देलित भएको छु
तिमी मलाई कुरी रहेकी छौ
एकटक लगाएर कुरी रहेकी छौ
तिमीले आफूलाई मेरो निम्ति ओछ्याएकॆ छौ ।
तिमी भन्ने गर्थेऊ-
तिमीलाई मन पर्ने खीर पकाएकी छु
तिमीलाई मन पर्ने रहरको दाल पकाएकी छु
यस्तै यस्तै भन्ने गर्थेऊ तिमी
मैले बिर्सिएको छैन ।
हो,आजसम्म पनि पटक्कै बिर्सिएको छैन
प्रिय ! म आफूलाईभन्दा पनि
तिम्रो अस्वस्थाताको चिन्ता छ
मेरो तिमीप्रतिको आहत बुझ्न सक्दिनौ र तिमी ?
भालेको डाक देखिको तिम्रो कार्यभार मैले देखेको छु
हो ! तिम्रो आहत देखि उचाइको उडान नजिक बाटै महसुस गरेको छु ।
प्रिय ! तिमीलाई सम्झना छ कि छैन ?
मैले कहिले भुल्न सकेको छैन ?
ती अतितका दिनको सम्झनाको मिठास
सालु सालको कुरा हो
पशुपतिको मन्दिर परिसरबाट
शिवरात्रीको स्स्नेहता
मैले त्यसलाई छाती भित्रको भू-भागमा पट्याएर जतसङ्ग राखेको छु ।
मलाई थाहा छ
तिमीलाई थाहा छ
सूर्य भोलि पनि उदाउँछ
दिन सँधै एकनास हुँदै हुँदैन
तिम्रो अनुहारमा हाँसोको लाली छर्न
डांडा-काँडा नाघेर
नयाँ सालको सूर्यको मिर्मिरे लिएर आउँदै छु ।
हो, प्रिय म आउँदै छु
हजु, म आउँदै छु ।