जिन्दगी
|उढेर आयो त्यो रानी चरी ऐंसेलु झाँगैमा
सम्झेर मलाई नरुनु आमा त्यो गोधुली साँझैमा।
उर्लेर आयो त्यों आँधी खोला कहिलो होला बिसाउनी ?
तर्दैछौ छौं हामी जङ्घार पनि अहिले बिस्तारै जाँऊ नि ।
आत्मबल बढ़ाउँ मनुष्य जाति यो संसार भरिका
हुँदैछ शान्ति नआति बस्नु परिवार सहित घरैमा ।
जीन्दगी कहिले उकाली ओराली हिंड्नु नै पर्दछ
गाउँ र बेंसी त्यो भारी बोकेको सम्झना अति छ ।
शान्तिको सन्देस संसारभरी छर्दै जाओस् है
घरैमा बसि प्रार्थना गरौं सबैको हित होस् है ।
– लोकलयमा मिलाउन प्रयास गरिएको-लेखक