गजल

विकल भैसक्यो लोक कृष्णजी
शिखरमा पुग्यो शोक कृष्णजी
अधम रोगले ग्रस्त छौँ सबै
अझ मडारियो भोक कृष्णजी
गर कृपा सधैँ हौँ उपासक
असहनीय भो नोक कृष्णजी
बह सहस्र छन् निल्न तत्पर
हर तिमी सबैथोक कृष्णजी
किन लियौ वृथा ज्यान दीनको
किन अशक्तमा झोक कृष्णजी
कति बनाउँछौ लाश सोत्तर
अब अनर्थ यो रोक कृष्णजी
(इन्दिरा छन्द)
One Comment

हजुरको गजलहरु सबै रम्रा छन् सर ।