कोमल गज़ल


अब झोज झैँ लाग्छ जिन्दगी
अति बोझ झैँ लाग्छ जिन्दगी

मन भित्र छन् लाख वेदना
दृढ रोग झैँ लाग्छ जिन्दगी

परिकल्पना छैन सार्थक
अवरोध झैँ लाग्छ जिन्दगी

छ विषादको बास देहमा
अपसोच झैँ लाग्छ जिन्दगी

सब चाहना वैलिँदै झरे
सुख लोप झैँ लाग्छ जिन्दगी

परितापको रैछ शासन
तब खोट झैँ लाग्छ जिन्दगी

दिनरात नै डस्छ त्रासले
डरपोक झैँ लाग्छ जिन्दगी

न कदापि भो चित्त ‘कोमल’
न त सोख झैँ लाग्छ जिन्दगी

छन्दथाक्पु
सूत्र:-IIS ISS ISI S
स य ज गु
(५ अक्षरमा विश्राम )

 

Add a Comment

Your email address will not be published. Required fields are marked *