गजल
|
अदम्य शक्तिको छ होड विश्वमा
अशक्तमा सधैँ छ तोड विश्वमा
किचिन्छ निम्छरो किचिन्छ सज्जन
रँगिन्छ स्वार्थले निचोड विश्वमा
कतै छ भोकले विदीर्ण मानव
कतै बगाउँछन् करोड विश्वमा
गरिन्छ चाहना खुदै उँचो हुने
स्वकीय लाभमै छ जोड विश्वमा
लुलो छ मित्रता लुलो छ चिन्तन
धराप देखिँदैछ मोड विश्वमा
घरी छ सासना घरी छ वेदन
चुलिन्छ हर्दमै बिछोड विश्वमा
(६ अक्षरमा विश्राम)
One Comment
यथार्थपरक मीठो रचना …