धैरै वर्षपछि साथीसँगको भेटघाट र गुनासो

मेरो एउटा सानो अभिव्यक्ति, जो विश्वभरिका नारीहरूको यथार्थ कथा । कम्तिमा पनि अझै पचास प्रतिशत नारीहरू भोगेका छन्। कतिले भोग्दै पनि छन् होला।
उसले कोट्याएर भनिन् मलाई- “तिमी मेरो अति प्रिय साथी त्यसैले धेरै वर्षअघिदेखिको मेरो मनको बेदनाहरू तिमी सँग बिसाउन आएकी छु । सुनिदिन्छौ साथी” मैले भने “अवश्य सुन्छु” अनि ,मैले उसको अनुहारमा नियालेर हेरेँ , निराश र पीड़ा झल्किरहेको थियो ।

“अँ, भनन साथी, के भन्न लागेकी छौ”?
उसले मलाई भन्न लागी
“मैले मेरो बाबाको आँगनमा सजाइएको, मेरो धेरै सपनाहरु आँचलमा बाँधेर उसँगै ल्याएकी थिएँ ।
त्यो चिप्लो गोरेटोमा उसको अघिअघि मनमनमा अनेकौं सपना सजाउँदै उनको घरको चौखटभित्र पसेकी थिएँ ।
उनको नामको सिन्दुर र पोते मैले लगाएकी थिएँ
नन्द देवरहरूलाई आफ्नै छोरा-छोरीलाई झैं माया गरेकी थिएँ ।
भनन साथी, तरै पनि म कसैको प्रिय हुन किन सकिनँ ?
सासु ससुरालाई आफ्नु जन्मदातालाई जस्तै मान-सम्मान दिएकी थिएँ ।
गर्भवती अवस्थामा पनि मैंले बिना गुनासो रातको दश एघार बजेसम्म मुरी मुरी धानको घान लगाउदै नाङ्लो त निफनेकै थिएँ ।
रातको बाह्र बजेभित्र सबैलाई ख्वाई प्याई आँसुको घुटको सँग गाँस निलेर फेरि बिहानको चार बजे भालेको डाकमा उठेकी थिएँ ।
सासू-ससुराको सेवा बिना छल-कपट निश्वार्थ भावले गरेकी थिएँ ।
भनन साथी तरै पनि म किन कसैको प्रिय हुन सकिन ?
स्नान गृहमा थुप्रिएका मैला कपडाहरु आफ्नो-अर्को नछुट्याई धोइदिएकी थिएँ ।
खुट्टा ढाड़ भाँचिएको होस कि, ज्वरोले ग्रसित किन होस
तर थरथर काँप्दै चुल्हा चौका र घर सम्हालि दिएकी थिएँ ।
भनन साथी, तरै पनि म किन कसैको प्रिय हुन सकिन ?
म पनि मेरो अधुरो सपना पुरा गर्न चाहान्थे ।
मेरो त्यो अधुरो पढाई पुरा गर्न चाहान्थे ।
मेरा सबै पुस्तकहरू माइती घरको मेरो कोठाको आलमारीमा सजाएर राखेकी थिएँ ।
आमा-बुवा भेटन जाँदा घण्टौं ती पुस्तकहरूलाई टुलुटुलु हेर्ने गर्थे ।
निकालेर पल्टाएर गद्य र पद्यहरू दोहोर्याइ-दोहोर्याइ पढ्ने गर्थे
पुस्तकहरू मुसार्दै आफ्ना बेन्चका साथीहरू सम्झिदै मेरो परेली थाहै नपाई आँसुले भिज्थ्यो ।
धेरै चोटी कोशिश गरेँ मेरो अधुरो पढाईलाई पूर्ण गर्ने । कतिपय बाधाहरूले मेरो सपना पुरा हुन सकेन् ।

जति ती पुस्तकहरू देख्थेँ, अतीतका सपनाहरू आलो भएर आउँथ्यो ।
आखिर मेरो सपना कहिले पुरा नहुने अनुमान लगाई सकेकी थिएँ ।
त्यसैले घरको पछिल्तिर लगी मेरो सपनाहरुलाई जलाएर भस्म बनाइदिएँ।
सिवाय एउटा इतिहासको पुस्तक साँचेर जो चे मेरो साह्रै अप्रिय थियो ।
मलाई धेरै पछुतो छ, मैले सरस्वती माताको उपहास आवेशमा आएर गरेँ की थिएँ” ।
उ भक्कानिन्दै सुनाई रहेकी थिइन्, म सुनिरहेकी थिएँ
जति सुन्दै गएँ उती नै मेरो मुटुभित्र कता कता चस्‌चस् चस्किरहेको थियो।

“अविवाहित जीवनको मेरो सत्‌चरित्र घर-घरको उदाहरण थियो ।
कुल बधु भएपछि चरित्रहीन कुलक्षिनी अलक्षिणीको अपवाद लाग्यो
तीर जस्तो तीखा-तीखा शब्दहरूको प्रहारले छाती चिरा चिरा हुन्थ्यो।
तरै पनि मैले फर्केर कसैसँग जवाब लागिन । चुपचाप सहि बसेँ सहि बसेँ !!
रातभरी सिरकले मुख छोपेर डाको छोडेँ तर कसैको अघि उफ्‌सम्म गरिनँ।
मैले आफ्नो भावनालाई बन्धक राखी उसको भावनाको सधैं सम्मान गरेँ।
भनन साथी, तरै पनि म किन कसैको प्रिय हुन सकिनँ ??

अनि मैले उनलाई भनेँ, “ साथी गीतामा भगवान कृष्णले भन्नुभएको छ।
जो भयो राम्रोको लागि भयो
भविष्यमा पनि जे हुन्छ राम्रै को लागि हुनेछ” ।
मनमा त मेरो जतिसम्म चोट लागिसकेको थियो तरै पनि मैले गीताको उपदेश लिएर उसलाई सान्त्वना दिने प्रयत्न गरिरहें ।

“सायद् तिम्रो तपस्याको फल अवश्य नै मिठो छ ।
तिमी निश्चित बस् तिम्रो भविश्य अतिनै सुखमय हुने छ।
सबै भुल खुशी बस तिम्रो मेहनत तिम्रो बलिदान अवश्यै खेरो जाने छैन्”
फेरि उनले भनिन, “साथी आज मेरो मन धेरै हल्का भयो । बिर्सिन त चाहेर पनि सक्दिन म तर मैले यी सबैलाई माफ मन मनै गरी सकेकी छु ।
मैले आज छाती भरी थुपारेका गाँठोहरू तिम्रो सामु फुकाएँ दिएँ ।
आज तिम्रो सामु मनको भारलाई धैरै कम्ती गरी दिएँ”।

मैले मनमनै भनेँ
“तिमीले तिम्रा गाँठोहरू मेरो सामु सबै फुकायौ साथी —
तर मैले तिम्रो सामु मेरो मनका बेदनाहरु पोख्न सकिन ।
मलाई जे जसो होस तर तिमी खुशी र सुखी बस
भगवानसँग तिमीप्रति यही प्रार्थना छ मेरो ।

आखिर किन नारी नै नारीको दुश्मन हुन्छन ?
ति सासु पनि कुनै दिन धेरै सपना साथ लिएर पराया घर त आएकै हुन् ।
ति नन्द आमाजुहरूले पनि एक दिन पराया घरको चौखट त टेक्नै पर्ने छ ।
एक दिन न एक दिन कसैको बुहारी, भाउजू, काकी, माइजु त हुनै पर्ने छ ।

नारी तिमी बिषय हौ, बस्तु होइनौ
वस्तु हुन छोडेर तिमीले, बिषय हुन् सिक्नु पर्छ।
जुन दिन वस्तुबाट विषय हुन सिक्छौ तिमीले
त्यो दिन तिमीले अस्तित्वको लडाइँ स्वयम जित्ने छौ”।

Add a Comment

Your email address will not be published. Required fields are marked *