भगवान खोज्दै छु
|यो शरिर नै हाम्रो धाम रहेछ
यो शरिरको आत्मा नै परमात्मा रहेछ
मानिस कल्पनामा डुबिरहेको बेला
उसले सपना देख्छ डर लाग्दो ।
संसारमा के भइरहेको छ भनेर ,
म अल्मलिरहेको भान हुन्छ।।
म बुझन खोज्छु, तर बुझ्न सक्तिन,
सोच्न खोज्छु, के होला भनेर सोच्न सक्तिन
म रुमलिरहन्छु, बाटो खोजिरहन्छु
कुन बाटो जाने भनेर रोजिरहन्छु ।।
जाने बाटो नै निश्चित भेटिदैन
कहाँ गएर म ठाउँमा पुग्ने हो थाहा पाउँदिन।।
आख़िर खोज्दै, रोज्दै दौडिदा दौडिदैं,
पुग्ने ठाउँको ठेगान लाग्दैन पछि।।
पछि म ज़िन्दगीको यात्रामा भागी
रहेको,
भान हुन्छ, मलाई र म सोध्छु ।।
मन भित्रको तत्वलाई पत्ता लगाउन
त्यो सबै थोक बुझेर ल्याउँदा ।।
यो शरिर नै हाम्रो धाम रहेछ
यो शरिरको आत्मा नै भगवान रहेछ ।।