विदेशीएका चेली
|तिजका चेली सबै जान्छन् माईत
हाम्रा माईती टाढा भए छैन साइत ।
बाल बच्चा समेटेर विदेश लागियो
शिक्षा दिक्षा दिलाउन अगि बढियो ।
विदेशमा आई बस्न सजिलो थिएन
वनको चरो वनको ढुंगा घरमा बसिएन ।
संघर्ष जीवनमा सबैले गर्नु है पर्दछ
पर्खिबसे सबले एकदिन फल पाउनेछ ।
दु:ख सुख सबै मिली बाँडेर बस्ने हो
जीवनलाई सहज बनाई काम गर्ने हो ।
काम गरि गरि टक्यास तिर्दै खाने हो
टक्यास छले सरकारले भत्ता लाने भो ।
बाल बच्चा पढाईलाई प्राथामिकता दिने हो
ठुलो हैन ज्ञानी विद्वान बन भन्ने हो ।
काम दाम पढाई पनि सँगै-सँगै लाने हो
धर्म संस्कारलाई जोगाई राख्ने हो ।