तीजको शुभकामना
|
यसपालिको तीजमा मिठो दर खानलाई
कोरोनाले दिएन माईत जानलाई
रातो सारी पोते अनि चुरा पनि लाउँला
माईती घरको दर पनि अर्को वर्ष खाउँला ।
घरकै देउता पूजा गरौं मन्दिर पनि नजाऔं
कोविडबाट आफू बचौं अरुलाई बचाउँ
चाडवाड आफ्नै हुन् नि’ जे गरे नि भैहाल्छ
भिडभाडमा गयौं कि त ज्यान गैहाल्छ ।
भाइ पनि यसपाली लिन आउनु पर्दैन
होस् गरौं सबजनाले कोविड सर्दैन
सुरक्षित रहौं सबै गरें यही कामना
घरैबाट दिएँ मैले तीजको शुभकामना ।
One Comment
धेरै राम्रो शुभकामना साथी हाम्रो पनि तिमीलाई मुरी मुरी शुभकामना साथै प्रवासमा रहनुभएका सम्पूर्णलाई पनि शुभकामना ल