बहरबद्ध गजल: व्याङ्क फेरि घट्दै गएर थैलो भयो
|व्याङ्क फेरि घट्दै गएर थैलो भयो
भव्य मेनगेट खुम्चेर दैलो भयो
पीर भयो कि धेरै रङ्ग दल्दा हजुर
चम्किलो ति कालो केश कैलो भयो
मान गर्न छोडे छैन माया दया
यो मनुष्यको मन व्यर्थ मैलो भयो
शून्य भएछ मेलम्ची सुकाउरो टुटी
ढाडमा बुहारीसंग घैलो भयो
के र के नमिल्या गीत विदेशी सिको
मन छुने र रौसाउने त भैलो भयो
(बहरे हजज मुसम्मन् अस्तर मक्फूफ अबतर
सूत्र – फाइलुन् + मफाईलुन् + मफाईलु + फा
SIS ISSS ISSI S )