कोमल गजल

प्रभो ! डुब्न लागेँ बताऊ किनारा
तिमी नाथ मेरो तिमी हौ सहारा

तिमी सर्वव्यापी तिमी छौ अनन्त
तिमी सुन्दछौ बेबसीको पुकारा

तिमी स्नेह मूर्ति र हौ न्याय मूर्ति
तिमी हौ सुखाशा तिमी प्रेमधारा

उज्यालो छ ब्रह्माण्ड तिम्रो प्रभाले
तिमी चन्द्रमा हौ तिमी सूर्य,तारा

छ यो सृष्टि तिम्रै र संहार तिम्रै
तिमी बिघ्न हर्ता तिमी छौ पियारा

लुटे दुर्दशाले खुसी जिन्दगीको
विधाता ! हटाऊ व्यथाका तगारा

गरेँ वन्दना आत्मविश्वास साथ
धुजा पार सर्वेश सन्ताप सारा

(भुजंगप्रयात छन्द )

 

Add a Comment

Your email address will not be published. Required fields are marked *