तिमीलाई भेटे पछि
|तिमीलाई कतै भेटे पछि
खोली कुरा सुन्न सक्छु ,
अहिले यहाँ कर किन
कतिको मुख थुन्न सक्छु !?
थाहा पक्कै ईफू होला
बात मेरा लामा हुन्छन्,
यति जानी राख सानु
सियो पनि खाँबा हुन्छन्।
आँखा माथि आँखा खप्टी
बात मार्न गाह्रो हुन्छ,
टुकी बाल बरु सानै
झलमल्लमा निकै साह्रो हुन्छ।
शुरु हुन्छन् कुरा मेरा
तिम्रो पहिला सुने पछि,
बेर भयो भन्ने छैनौ
उत्तर आउँछ गुने पछि ।
तिम्रो पहाड फोरे पछि
मेरो थुम्का सम्मि हाल्छ,
बातै बातको लहरीमा
हामी को हुँ ठम्मि हाल्छ ।
जाने बेला निधो हुन्छ
भेट फेरी कहिले गर्ने,
यस्तो पनि कुरो होला
छुट्ने बेला सँगै मर्ने ।