तगारो


जुन व्यग्रताका साथ
पर्खाई रहन्थ्यो हिजो
त्यहि व्यग्रता
कायम छन् आज पनि ।

लाग्दो हो
आउने छैन आज ऊ
तगारो हटेको छ दोबाटोको
तर,
त्यहीं कतै म
नबिझाउने गरि तिमीलाई
हुनेछु हेरिरहेको ।

आलोचना र प्रसंसाहरू
पनि त रहेछन् परिस्थितिजन्य
हिजो सुन्दर देखिने त्यो चन्द्रमामा पनि
दाग जो भेट्यौ आज तिमीले

सहयात्रामा जीवनको नयाँ
उप्रान्त कोर्नु असिम आनन्दहरू
तर,
बन्देज छ तिमीलाई
फर्कन पछाडि
पछाडि कालो इतिहास
जो म छु ।

Twitter: @abhi4418

Add a Comment

Your email address will not be published. Required fields are marked *