नयाँ सत्य

हिजो विचलन भन्नुभयो
त्यो मान्यौं
आज फेरि त्यही चलन ठान्नुभयो
त्यो पनि मान्यौं
समय गतिशील छ,
तपाईं प्रगतिशील हुनुहुन्छ
थाहा छ !
समय फेरिंदा
सत्त्ता फेरिंदा
सत्य पनि फेरिंदै जान्छ
आज आएर
नयाँ सत्य
यो पनि जान्यौं ।

Add a Comment

Your email address will not be published. Required fields are marked *