समयको खेल
|
आजको युगमा पनि धन्य रहिछौ तिमी
तिमी माथि छ हाम्रो सलाम कति कति
तिमी पनि कुनै बाबा आमाको सन्तान
पछि आएर लागे तिमीमा धेरै दाग
के गर्नु र समयको खेल पनि अचम्मको
लाग्यो तिमीमा अनेक किसिमका दोष
हिंड्दा हिंड्दै तिम्रो भयो पाटीको बास
पाटिको बासमा पनि सिकेछौ अनेक ज्ञान
छैन तिमीमा केही लोभ लालच
छैन तिमीमा कसैमाथि रिस राग
धन्य रहेछौ तिमी सपना नेपालको छोरी
सानै उमेरमा तिमीले बनायौ ठूलो कहानी
तिम्रो नाम राख्यौ विश्वको उच्च ठाउँमा
आँटेको कुरा कसैले मेटेर मेटिने छैन
नेपालको छोरी रहेछौ तिमी साह्रै ज्ञानी
समयसँग जुध्न सक्ने रैछ तिम्रो बानी
नेपाली हौं हामी नेपालमा नै हो घर
तिमीजस्ता दीलका धनी जन्मिउन देश भर
अझै तिम्रा प्रगतिका पाइला शिखर पुग्न सकोस्
गर्छौं पुकारा भविष्यको उज्ज्वल ज्योति छरोस् ।
(बीबीसी हन्ड्रेड विमिन सन् २०२० को सूचीमा नेपालबाट परेकी सपना रोका मगरप्रति समर्पित-लेखक )