अघोरी बाबा र पत्रकार सम्वाद:नेताहरुको सुरक्षा हुनुपर्छ

पत्रकार हस्याङ् फस्याङ गर्दै बाबाका छेउमा पुग्यो र विनय भावले भन्यो, ‘बाबा कुनै नौलो सपना देख्नुभयो कि ?’

‘यार्लुङ जाङ्यो जियाङ्को सम्पूर्ण पानीढलो क्षेत्रका नागरिकले चिनियाँ राजनीति र साँस्कृतिक क्षेत्र भित्र आफू रहेको बोध गराएका छन् । त्यो क्षेत्र सपनामा मात्रै होइन विपनामा नै चीनको क्षेत्राधिकारभित्र पसेको देख्तै छु ।’

‘अर्को सपना अलिक भिन्नै छ । मीर प्रदेशमा संयुक्तराष्ट्र संघका मुख्य कार्यालय बसे छ र त्यो पनि महाचीनको विशेष अग्रसरतामा । र मैले यी दुवै सपनालाई सकारात्मक ठानेको छु । सपनाको कुरा यही हो ।’

‘बाबा भारतबाट परराष्ट्रमन्त्री आएकी थिइन् । यसलाई कसरी हेर्ने ?’
‘भारत’ नभन । भारत अत्यन्त आदरणीय र महान अर्थ हो । त्यसको गरिमा थाम्न सकेन । सस्तो र चल्तीको नाम भन – इन्डिया ।

इन्डियाले परराष्ट्रमन्त्रीलाई अभिसार गरायो । यो राजनीतिक अभिसार थियो । ‘छिद्रमा अनर्थ हुन्छन्’ भनिन्छ । इन्डियाले नेपाललाई धेरै चोट पुर्याएको छ । परिचारिकाबाट उपचार गर्न खोजिएको हो । तर इन्डिया राजनीति कूटनीतिक दृष्टिले तल्लो तहमा पुगेर घृणित भएको छ । विश्व राजनीतिमा गन्हाएको छ भनिदैछ । किन्तु अझै होसमा आउने छाँट छैन ।

‘बाबा, के गर्ने त अब ?’
‘सरल छ, आत्तिनु पर्दैन । त्यसका लागि दुई चार काम नेपालले गर्नै पर्छ ।’
‘कस्ता काम बाबा ?’

‘पहिलो काम अरुण तेस्रो रोक्ने । इन्डिायालाई त्यो योजना दिनै हुँदैन । किनभने प्रश्नका सयौं उत्तर भेटिन्छन् । उत्तरतिर नलागेर त्यो सन्धि समझदारी रद्द गर । गर्नै पर्छ । यदि सरकारले त्यो काम गरेन भने अब क्षेत्रीय सरकारले गर्ने छ । किराँत क्षेत्र त्यहाँ इन्डियाको उपस्थिति देख्न चाहँदैन । सरकारले रोकेन भने जनताले रोक्ने छन् । भित्री कुरा र कारण अहिले खोतल्नु आवश्यक छैन – समाज, संस्कृति, कृषि, पशुधन, वनस्पति, जडीबुटी, स्वास्थमा अत्यन्त खराब प्रभाव पार्छ र उताबाट कुल्ली –श्रमिक ल्याएर यहाँका उर्वर भूमिमा बिउ रोपाउँछ, फेरि दंगा र नागरिक पत्रको मुद्दामा फस्नुपर्छ । यो गलत कुरा आजै रोक्नुपर्छ । अरुण तेस्रो रोकिनु पर्छ । बस् ।’

‘अर्को ?’
‘जय नगरबाट बर्दिबासलाई आउने रेल मार्ग रोक्नु पर्छ । बनिसकेको भए निष्किृय गर्नुपर्छ किन कि त्यो घातक योजना हो । अफाप छ नेपालका लागि ।’
यस पटक पत्रकारले प्रश्न भावले हेर्यो मात्रै,बाबाले थपे ।

‘हामीलाई इन्डियन रेल चाहिँदैन । हामीले यहाँको समाजलाई मुजफ्फरपुर सुनौली गोरखपुर, दंगापुर, बेतीया, रक्सौल, नौतनवा बनाउनु छैन । इन्डियन रेलवे संस्कृति यहाँ हुल्नु छैन । त्यो सरुवा रोग, मन्दविष स्वीकार नगर । रेल चाहिन्छ चीनलाई भन, जापानलाई भन,युकेलाई भन,जर्मनलाई भन, फ्रान्सलाई भन तर इन्डियाले सित्तै दिए पनि नलेऊ ।’

‘बाबा, इन्डियाले नेपालमा बनाउँदै रहेको रेल मार्ग रोक्नुपर्छ भन्नुको कारण अरु पनि कुनै छ कि ?’
‘चुरे पहाड खनेर त्यहाँको माटो ढुङ्गा लाने दीर्घकालीन योजनाले त्यो रेलमार्ग बनाएको हो । भू-क्षती पनि गर्ने त्यहाँका वन्य जन्तु मास्ने र अशल बनस्पति र औषधी रक्त चन्दन आदि हातपार्ने घुम्ती चाल छ इन्डिायको । त्यो रोक्नु पर्छ । मिथिलाञ्चलको राज्य सीमा बढाउन खोज्नुको उद्देश्य त्यो पनि हो । रोकिनु पर्छ । त्यो बुँदामा संविधान संसोधन हुनुहुँदैन ।’

‘अब के गर्ने त बाबा ? त्यो त राजनीतिक कर्मीको खेल हो नि ।’
‘तर तिनलाई शक्ति दिने त जनता हुन नि । जनताले आफ्ना नेतालाई लगाम दिन सक्छन । बरु वेश हो नेपाली सेनाको जिम्मामा चुरे रहन्छ, सजाउँछन, सुरक्षा दिन्छन् । पर्यटन केन्द्र विकास गर्छन,वनस्पति वन्यजन्तु र भूमिको सुरक्षा गर्छन् ।’

बाबाले विशेष जोड दिँदै भने – ‘इन्डियालाई माटो ढुँगाको कमी छैन । ऊ केवल नेपाललाई बाँध्न र अल्झाउन खोज्दैछ । इन्डियालाई चाहिन्छ भने चित्रकूट सिंगै छ। बिन्ध्यच्चल सिङ्गै छ । मन्सुरी सिङ्गैछ । कालका सिङ्ग्गैछ ।

ती रित्तिएपछि राजस्थानका पर्वतीय क्षेत्र बाँकी छन् । इन्डियालाई माटो ढुंगाको कुनै कमी छैन । र कोशीको उच्च बाँध निर्माण गर्न उतैबाट इन्डियाले रेल मार्गबाट पहाड र बगर बोकेर ल्याउन सक्छ, तिम्रो कृपा इन्डियालाई चाहिंदैन । तिमी आँफै फस्ने कुरा नगर । गर्ने भए बृहत नेपालको कुरा चर्काउ र बृटिश इन्डियाबाट आफ्नो भू–भाग फिर्काउ । ठेगान लाग्छ ।’

‘दलाई लामा अनर्गल बोल्न थालेका छन् नि बाबा ?’
‘त्यो धर्माधिकारी नै होइन । बुद्ध कहाँ जन्मेको हो भन्ने कुरा थाहा नपाउने पनि धर्माधिकारी हुन्छ, फगत कठपुतली ।’

एकछिन रोकिएर बाबाले थपे,मृत्युपूर्व दलाई लामा चीन फर्कन्छन | फर्कनै पर्छ । र यसमै श्रेय छ । मैले यो कुरा देखिसकेको छु । लामा अहिले अरुको व्यापारको गोटी भएका छन्, जुन दिन उनको धार्मिक चरित्र ब्यँझन्छ उनी फर्कन्छन् । नफर्केकोमा उनकै आत्माले कोस्छ, कोतर्छ । मलाई लाग्छ,उनले आफ्नो देशमा समाधि
लिनेछन् । चीनले उनलाई स-सम्मान भित्र्याउँछ ।

‘बाबा, नेपाल र चीनबारे केही विचार पाउँ न ।’
‘हाल चीनले बढी सद्भाव देखाएको छ । यो राम्रो हो । इन्डियाको एकाधिकार घटेको
छ । पहिले एक राजालाई खुशी बनाएर आफ्नो स्वार्थ पुरा गर्थ्यो ।अब धेरै राजालाई पाल्नु पर्ने या चारो हाल्नु पर्ने स्थितिबाट इन्डिया हैरान छ । हाम्रा नेताले आत्मा नबेचे इन्डिया अझै तल झर्छ ।

चीन हेरेर आउनुहोस, विकास र जीवनको शैली थाहा पाउनुहोस । आजको दुनियाँ चीनको जस्तो समृद्धि चाहन्छ । व्यवस्था, आर्थिक,स्वास्थ्य,शिक्षा,सुरक्षा र दण्ड बुझ्नै पर्छ । चीनले लाटरी खोल्यो भने सेभेन सिस्टरको सारा मान्छे चीन जाने भनेर प्रार्थना गर्छन् । ईन्डियाको विचारले जब नेपाल बुझ्न सकेन भने महाचीनलाई कसरी बुझ्थ्यो । ईन्डियन चिन्तन भन्दा चीन धेरै गुणा माथि छ । दुई सय वर्ष ईन्डियाले सिक्न सक्छ चीनबाट । आयो शक्तिको कुरा चीन देखाउँदैन र प्रचार पनि गर्दैन | समुद्रको हुँकार पहाडी खोलाको भन्दा फरक र गम्भीर हुन्छ नि हैन र ?

‘दलाई लामाको स्वदेश फिर्ता हुने कुरा गर्दै हुनुहुन्थ्यो नि ।’
‘हो उनी अवश्य फर्कन्छन् । फर्कने थाहा पाए भने उनलाई रोक्न अस्पताल भर्ना गराइन्छ । उनी चीनलाई नत्थी लगाउने एक माध्यम भइदिएका छन् कतिपय राष्ट्रका लागि । चीनले यो कुरा नबुझेको छैन । उन्नति मार्गमा भौतिक स्वरुपले लम्केको महाचीनलाई दलाई लामाको भौतिक व्यक्तित्वले खासै फरक पार्छ जस्तो लाग्दैन । साँच्चै उनी धर्मगुरु हुन् भने लुम्बिनी बुद्धस्थलमा पुग्ने चिनियाँ धर्मयात्रीलाई आशीर्वाद दिन उनले लुम्बिनी पुग्नै पर्छ अनि बाटो सोझिन्छ । उनी राजनीति गर्दैनन् । उनले बुद्ध जन्मेको बारेमा जे भने त्यसले गर्दा लामा सम्प्रदायका कैयौं सदस्यले यातना भोग्नु पर्यो । अपमानित हुनुपर्यो । प्रायश्चित्त गर्नका लागि पनि उनले लुम्बिनीमा शिर थाप्नैपर्छ ।’

‘बाबा, क्षेत्रीय राजधानीका विषयमा केही विचार पाउँ न ।’
पहिलो त संघीय चिन्तन सफल होस भन्ने कामना गरौं । घर उभिएपछि रंग र सजावट आफ्नो रुचि र क्षमता अनुसार गर्दाहुन्छ । आयो राजधानी राख्ने कुरा – त्यो विकसित र घना बस्ती भित्र होइन निर्माण कार्य नभएको ठाउँमा नयाँ ढङ्गले राजधानी स्थलको विकास गर्नुपर्छ । जमीन धेरै चाहिन्छ । अनुर्वर, बाँझो, अगतिलो ठाउँमा बसाएर खेती योग्य जग्गा जोगाउनु पर्छ, बस ।

त्यस्तै हेलीप्याड, अस्पताल, स्कुल, प्रहरी चौकी, सैनिक व्यारेक, गेष्टहाउस, कार्यालय भवन, कर्मचारी निवास, खेल मैदान, सभागृह, पार्किङ, व्यवस्थित पसल केन्द्र (सपिङ सेन्टर) बस पार्क, सभाकक्ष, क्लब, पुस्तकालय, सभा मैदान, पोस्ट अफिस, विद्युत केन्द्र र गभर्नर हाउस आदि अनेक चाहिन्छन् । फेरि खानेपानी, ढल निकास र बजार व्यवस्था अर्को कुरा भयो । त्यसैले नयाँ ढाँचामा खुकुलो गरी नौलो शैलीले बनाउनु पर्छ । चेतना र स्थानीय संस्कृतिको प्रतिबिम्ब बनोस न हाम्रो राजधानी ।

फोहोर व्यवस्थापन तर्फ त अझ बाँकी नै छ नि । हैन र ?
बाबाले थपे, व्यवस्थित नयाँ बस्ती हो त्यो कार्यालयीय – सरकारी बस्ती । त्यसैले पुरानो ठाउँमा लगेर साँगुरोमा राख्नु भन्दा एउटा निश्चित र सकेसम्म समशीतोष्ण भू–क्षेत्रमा कम खर्चिलो ढङ्गले बनाउनु र बसाउनु पर्ने हुन्छ – उब्जाउ भूमि र जङ्गल जोगाएर । हेरौं नेपालीहरुको चेतना कुन तहसम्म विकसित भएको छ – यो परीक्षाको घडी पनि हो । फेरि कम्प्युटरको युग हुनाले मान्छेको दौडादौड पनि घट्छ । अँ, मालपोत, नापी र अदालत जस्ता कार्यालय न्यालयमा जम्मा हुने भीडबाट किंचित टाढा रहन सक्नु राम्रो । त्यसैले पुराना कार्यालय हाल पुरानै ठाउँमा संचालन गर्ने र नयाँ कार्यालय वा थपिन आउने संघीय कार्यालय,क्षेत्रीय कार्यालय मात्र राजधानी परिसरमा खडा गर्ने । बस्ने ।

‘पत्रकारले थप्यो’ बाबा सम्बिधान माथि केही भन्नु छ कि ?
पहिलो कुरा संविधानविद र साँस्कृतिक चेतना भएका महानुभवहरु पूर्ण सहभागिता नरहेको हो भन्ने बुझिन्छ । त्यसैले सयौं कुरा संविधानमा प्रयुक्त शब्द र अभिप्राय (अर्थ) माथि भन्ने ठाउँ छन्, भन्न सकिन्छ । जाति वा वर्गको वर्गीकृत र योजनावद्ध पतन गराइएको रहेछ । त्यसरी कुनै जातिलाई कहिल्यै नखुल्ने साङ्लाले कस्नु हुने थिएन । एउटै वाक्यमा भनौं – तराईका पानी नचल्ने भनिएका वर्गमाथि पानी चल्ने वर्गले गर्ने संविधानका आधारमा लाईससेन्स प्राप्त दमन गर्ने अधिकार हो । यस अपराधबाट संविधान निर्माताहरु जोगिन सक्तैनन् । यो पक्षमा प्रशस्त वहस गर्ने ठाउँ छ । फेरि संवाद गरौंला न हुन्न ?

आज विदा हुन्छु, बाबा, धन्यवाद ।

‘मदन भण्डारी र दरबारियाहरुको हत्या श्रृंखलामा अब को को पर्दैछन् र क–कसको सुरक्षा व्यवस्था बढाउनु पर्नेछ प्रश्न गर्दैनौ पत्रकार ?’
बाबा,यो आवश्यकता त छ तर म पत्रकार नै भएर रहन
चाहन्छु । मलाई चर्मकार बन्नु छैन । आज्ञा पाऊँ । फेरि उपस्थित हुनेछु ।
‘मंगल होस ।’बाबाले बोले।

पत्रकार बन्धु थिल्थिलिएको मस्तिष्क बोकेर मनोरन्जन केन्द्रतिर लाग्यो ।

बाबाले मनमनै सोचे- यो पपत्रकार मोदीको स्वागत गर्न पो दौडिए जस्तो छ । मोदीले नेपाल आएर मिचेको भूमि फिर्ता दिने भए,कालो पानी र लिपुलेकबाट सेना उठाउने र नेपालको राजनीतिलाई नबिथोल्ने भए भने उनको पनि खालिस्थान जोगिन्छ । कास्मिर जोगिन्छ । अनि सेभेन सिस्टर पनि जोगिन्छ । त्यसका लागि हाम्रो तराइमा चारो छर्दैनन् । असामयिक भए पनि मोदीको नेपाल आगमन स्वागत योग्य नै ठान्नु पर्छ होइन र ?
ठान्नै पर्छ । ठान्नै पर्छ भन्दै बाबाले मुस्काउँदै सुल्पा ताने ।
– समाप्त

Add a Comment

Your email address will not be published. Required fields are marked *