बीर गोर्खाली
|आमा मैले रुवाएँकी हजुरलाई ? अन्जानै के भूल गरें
सम्झी बस्छु पल्टनहरुमा “आमा” गोधीमा खेली रहेको ।
बाबा आमाको सपना साकार पार्न बिदेशिएर संघर्ष गरें
ढिडो, सिस्नु जे खाएनी आमाले पस्केको मिष्टान्न हुने ।।
“म त बीर गोर्खाली कठोर मन” जन्मभूमी माटोको
बाबा आमाको आशिष थापी देशको शान राख्न हिंडेको ।
हिंड्दाहिंड्दै दोबाटोमा अल्झिएर बल्झिन पुगें
झस्किएर अनायसै हजुरको दुःखहरु सम्झि रहें ।
अमा म त बीर गोर्खाली लाहुरे बन्ने इच्छा राखें
देशै छोडी पल्टनहरुमा अरुलाई सम्मान गरिरहें ।।
“म त बीर गोर्खाली कठोर मन” जन्मभूमी माटोको
बाबा आमाको आशिष थापी देशको शान राख्न हिंडेको ।
पैसा सबथोक हैन है ! धर्म, मर्म, कर्तब्य बुझेस्
हजुर बा भन्नुहुन्थ्यो बाबु कर्म कहिल्यै नभुलेस् ।।
तर छाक टार्न बनायो लाहुरे, हैन भने के आमा ?
कर्म, धर्म कर्तब्य नै सब थोक हुँदो हो त आमा ।
“म त बीर गोर्खाली कठोर मन” जन्मभूमी माटोको
बाबा आमाको आशिष थापी देशको शान राख्न हिंडेको ।
शत्रुहरु पराजित गर्ने हजुरले सिकाएका पाठ थिए
बन्दुक बोकी पराइ देशमा बीर गोर्खाली बनीरहें ।
देश छोड्नु बाध्य होइन र ? रहर थियो र आमा ?
माटोको इज्जत बाचाइ राख्न परिश्रम गरिनैरहें ।।
“म त बीर गोर्खाली कठोर मन” जन्मभूमी माटोको
बाबा आमाको आशिष थापी देशको शान राख्न हिंडेको ।।