मनका स्वरहरू कविता संग्रह नियाल्दा


सुगौली सन्धिमाखुम्चिएका हामी
त्यसपछि पटक-पटक
निरन्तर खुम्च्याइएका हामी
बल्ल आजित भएर
सत्य टिकाउन बोलेका छौ ।
अति भो ,अति भो !
हाम्रो भू-भागमा
कुनै समयमा
तिमीलाई सार्होगार्हो पर्दा
दिएको आश्रय
औला दिंदा डुडुलो निलेका छौ
कालापानी , लिम्पियाधुरा, लिपुलेकलगायत
मिचेका सम्पूर्ण भू-भाग फिर्ता गर, फिर्ता गर ।
( सत्यमेव जयते नामक कविता अंश )

कवि रामबाबु दाहाल लिखित “मनका स्वरहरु” कवितासंङ्ग्रहमा ६५ थान कविता समेटिएका छन् । ‘सत्यमेव जयते’ नामक कविता यसै सङ्ग्रहमा राष्ट्रियताप्रति अगाध स्नेहको समर्पणमा बोलेको छ । देशभक्त नेपालीहरूको राष्ट्रियताप्रति अगाध स्नेहको समर्पणमा कवि रामबाबुले पनि स्वरमा स्वर मिलाएर भारतद्वारा लुटिएको भूमिप्रति फिर्ताका लागि जोडदार रुपमा आफ्ना स्वरहरू उरालेका छन्  । कविका उर्जाशिल राष्ट्रियताप्रति समर्पणका स्वरहरू झन- झन पल्लवित भइरहून् । राष्ट्रप्रतिको अगाधता, हाम्रो धरोहर संरक्षण सम्बर्धनका लागि देशभक्त नेपालीहरू लागि पर्नुपर्दछ । हाम्रै ऑखा अगाडी प्यालेस्टाइन मुलुकको प्रारूप फेरिएर इज़रायलमा परिवर्तित भएको छ । प्यालेस्टाइनी जनता निरन्तर रुपमा आफ्नो भूमि फिर्ताका लागि अनबरत संघर्षरत छन् । हाम्रै छिमेकी भारतद्वारा सिक्किम भूमि हडपिएर भारतको २२ औं राज्यमा दर्जिएर परिवर्तित भएको छ ।

देश रहे मात्र हाम्रो संस्कृति ,मौलिक पहिचानहरूको बिश्व सामु चिनारी दिन सक्छौ । हाम्रो राष्ट्र हामीले नै बचाउनु पर्छ । देशभक्त नेपालीहरू जो जँहा भए पनि तन मनले हातेमालो गर्रिनु पर्छ ।

नेपालको सांस्कृतिक सम्पदा तथा यसको वैभव लिच्छिविकालभन्दा अघिदेखि नै भएतापनि तत्कालिन राजा अँशुबर्माका समयदेखि यसको चौतर्फि यश बढेको कुरालाई नकार्न सकिन्न । ऑउदा दिनहरुमा कवि रामबाबु दाहालका लेखन झन- झन शसक्त बन्दै जावोस । हाम्रो मुलुकको स्वाधिनतालाई हामीले आफ्नै बलबुताले अक्षुण्ण राख्नु नै हामी नेपालीहरूको नैतिक दायित्व हो । देशप्रेम समर्पण तथा प्रेरित गर्ने रचना जन्मिदै जाउन् भन्ने कामना ।

लेखक एवम् कवि रामबाबु दाहालद्वारा चार दशक अगाडिदेखि निरन्तर सिर्जना गरि फुटकर रुपमा विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशन हुँदै आएका कविताहरूलाई संकलन गरि कृतिका रुपमा प्रकाशन गर्ने क्रम आरम्भ भएको छ । यो क्रममा दाहालबाट दर्जनौ कृतिको प्रकाशन सिलसिला अगाडी बढने आंकलन गर्न सकिन्छ । त्यस तर्फ आत्मिय शुभकामना !

बिराट साहित्य संगम बिराटनगर यसको प्रकाशक रहेको छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *