दोश्रो डोज

मनको लड्डु जस्तो भयो
अब त्यो दोश्रो डोज खोप
अधकल्चो पहिलो खोप मात्र
शरीरमा धारण गरेर
बाँचिरहेछन् असंख्य
नेपाली नागरिक

अस्पतालमा बेड छैन
रोकिन लागेको सासलाई
अक्सिजनको सिलिण्डर पाइदैन
हे सरकार
यो कस्तो व्यवस्थापन
दिन प्रतिदिन मृत्यु शैय्यामा सुतिरहेछन्
कोभिडका बिरामीहरु
अनि आशैआशमा कुरिरहेका
लाखौँ लाख जीवनहरू
समयमै दिनुपर्ने
त्यो दोश्रो डोज
खोपको प्रतिक्षामा

अब कतिदिनसम्म यसरी
आधा मात्रा भ्याक्सिन
रगतको नलीमा बगाएर
जिउनु पर्ने हो
अनि पूरा मात्रा औषधी नपाएर
अर्धको दोसाँधमा
सुरक्षित हुने हो कि होइन भन्दै
शंका र उपशंकाले
डराउनु पर्ने हो

हे सरकार अब
हटि हैन डटि लाग
अघिल्लो सरकारको पालामा
लगाइएको पहिलो डोज खोपलाई
पूर्ण गराइदिन
अब दोहरिएर आएको
दोश्रो सरकारको पालामा
दोश्रो डोज खोप
हर पहिलो डोज लगाउनेलाई
चाँडो भन्दा चाँडो
उपलब्ध गराउ
नयाँ सरकारलाई
पहिलो डोज लगाउनेहरुको
यही कामना

Add a Comment

Your email address will not be published. Required fields are marked *