सानु
|
घरको आँगानीमा तिउरीको फूल रोप सानु
मायाँको बेर्ना ओइलिएला मनले छोप सानु ।l
हाम्रो कुल देउतालाई कलिलो घामसँगै सधै ढोग सानु
सुख त यस्तै होला मेरो दुख आफ्नै सम्झी भोग सानु ।
म गरिबको त घर होइन एउटा सानो गोठ छ सानु
तिम्रो ओठ खोजी रहने मेरो चोखो ओठ छ सानु ।
म गरिवको त्यो गोठलाई घर सम्झेर रातो माटोले लिप सानु ।
तिम्रो मुटुमा घुम्ने हो घुरुमलाई झै मेरो मनलाई खिप सानु ॥
हाम्रो घरको आँगनको डिलमा युवालु बरको बोट छ सानु ।
तिम्रो यादमा ढुङ्गा हान्दा लागेर बरको मुटुभरि चोट छ सानु ।
तिम्रो सहरमा जस्तै मेरो घरमा वाईफाई छैन सानु l
यूटुबबाट हलिउड रोमान्टिक मुभी हेर्न पाउँदैन सानु ।
One Comment
साह्रै राम्रो, गाउँ-बेंसी अनि आफ्नै पाखापखेरीको कथा ।