साँयकालीन पदयात्रा

दिनभरिको
उकुसमुकुस र छटपटी
साँझ सेलाउन
समय कटाउनु
म पदयात्रामा निस्कन्छु
चुपचाप सडकमा
सुनसान माहौलमा
म हिडछु हिडिरहन्छु …
न हेल्लो ! न नमस्कार !
न चिर परिचित अनुहार
परिचित नै भए पनि
छोपिएको अनुहार
नियास्रिएको अनुहार
फुस्रिएको अनुहार
चुपचाप र मौन स्तब्ध र त्रस्त
कोही औषधीको जोहोमा
कोही तिहुन तर्कारी
कोही रातीको साथी
जल तिर्सनामा भौतारिएका
अभिशप्त मान्छे
मात्र अभिशप्त मान्छे
फाटफुट भेटिइन्छन !

यो प्रहर बिश्वब्यापी क़हर
न नियन्त्रित न संयन्त्रित
अचम्भित फगत अचम्भित
अनियन्त्रित महाब्याघी
सामनामा
हरेक पदचापमा प्रश्न छ
हरेक पदचापमा शंका छ
शंकैशंकामा लंका छ
त्यही लंकामा म भने
खुरुखुरु
लिढें पुच्छर डोलाइरहेछु
मेरो साँयकालीन पदयात्रा ।

One Comment

Add a Comment

Your email address will not be published. Required fields are marked *