शिक्षाविद् र संगीतकर्मी सफल थापाको निधन- नेपाली समाजलाई ठुलो क्षति

(स्व. सफल थापा)

आज ७ जून, बिहानै शिवमन्दिर सिलगडी निवासी सफल थापाको निधनको खबर वाट्स् एपले देखायो । ६ तारिक राती एघार बजेतिर उहाँलाई कोरोनाको पश्चप्रकोपले लगेछ । झसङ्ग भएँ । फेसबुक खोलेँ । खबर हो रहेछ । पत्याउनै कठिन पर्‌यो । यसपालिको दोस्रो चरणको कोरोनाले प्रेमध्वज प्रधान, लासिमित राई, चेतन कार्की हुँदै सफल थापालाई लग्यो । एकछिनपछि श्रद्धाञ्जलिका टिप्पणीहरू देखेँ । उहाँको सुन्दर, शान्त र आत्मीय अनुहार झल्झली सम्झें । नेपाली समाजले एउटा शिक्षाविद् संस्कृतिप्रेमी, गायक र संगीतकार गुमायो । एकजना सचेत जातिप्रेमी व्यक्तित्व गुमायो । सफल थापाको जन्म दार्जिलिङस्थित लेबोङछेउको हर्सिङ हट्टामा बाबु आमाको जेठो सन्तानको रूपमा २० जून, सन् १९६२ मा भएको हो । उनले दार्जिलिङ सरकारी महाविद्यालयबाट नेपाली विषयमा अनर्स गरेर उत्तर बङ्गाल विश्वविद्यालयमा सन् १९८६-८७ मा नेपाली विषयमा स्नातकोत्तर अध्ययन गरेका हुन् ।

सफल थापाले एम ए सकेपछि बागडोगरा गान्धी स्कुलमा अवैतनिक रूपमा शिक्षण कार्य शुरू हुन् । त्यसपछि सन् १९९६ को अन्त वा १९९७ मा सरकारी अनुमोदित पदमा रही स्थायी भएका हुन् । केही वर्ष त्यस स्कुलका प्रभारी भएर काम गरेका हुन् । २००३ नकसालबारी नेपाली स्कुलमा स्थायी प्रधानाध्यापक भएर जानुभए थियो । त्यति बेला नक्सालबारी नेपाली विद्यालयको कारूणिक अवस्था थियो । १०८२ तिरै गाउँलेहरूको प्रयासमा स्थापना भए पनि सरकारी तवरले नक्सालबारी नेपाली स्कुलले २००१ मा मात्र नयाँ गरी मान्यता र अनुमोदन पाएको हो । २००२ तिर सर्वप्रथम मेघनाथ छेत्री त्यहाँ विद्यालय सेवा आयोगको सिफारिसमा नियुक्ति लिएका हुन् । २००३ मा भने सफल थापाले आयोगबाट प्रधानाध्यापक भएर नक्सालबारीमा जिम्मेवारी लिनु आउनुभयो । स्कुलको अवस्था कारूणिक थियो। आर. बी. राईको सांसद कोषबाट पाएको रकमले इँटा र च्यादरको धुरी भएको स्कुल घर मात्र थियो। सफल सरले जिम्मा लिएपछि बिस्तारै उन्नतिको मार्गमा लम्क्यो । स्कुलको व्यवस्थापन समिति र प्रधानाध्यापक थापाको प्रयास, पहल र तत्परतामा स्थानीय निकायदेखि लिएर कोलकाताको शिक्षा विभाग र सरकारसित निरन्तर सम्पर्क आदिले विस्तारै विकास गर्दै लग्यो। स्कुलको मान्यता आठौं श्रेणीसम्म मात्र थियो। २००५ माध्यमिक तहसम्मको सरकारी मान्यता पायो । त्यसपछि बिल्डिङ, शिक्षक, विदयार्थी, कर्मचारी आदि थपिए । २००९ मा बाह्रौं श्रेणीसम्मको मान्यता पायो । सफल थापाको नेतृत्त्वमा त्यस स्कुलले सिलगडी भेगमा नेतृत्व गर्न सक्षम भएको थियो । स्कुलको चौतर्फी विकास भएको थियो ।

(नवीन पौड्याल)

२००४ मा सिलगड़ी भेकका नेपाली विद्यालयहरूको एकता र शैक्षणिक सहकार्यका निम्ति नेपाली विदयालय विकास मञ्च गठन भएको हो। सफल थापा र उहाँकै श्रीमति नीलामणि राई सिलगडीको रबिरत्न बालिका फच्चतर विद्यालयकी प्रधानाचार्य कस्तो संयोग। त्यस समितिले छौं सातौं आठौं नवौं र दशौं श्रेणीको संयुक्त रूपमा एकै परीक्षा समय सारिणी, संयुक्त प्रश्न पत्र तयारी, विद्यार्थीहरूमा संयुक्त रूपमा नै वार्षिक खेलकुद प्रतियोगिता, प्रश्नोततरी र तर्क प्रतियोगिता, वनभोज आदि कार्यक्रम गर्दथ्यो । यसको समितिको पहलमा सिलगड़ी भेकका नेपाली विद्यालयले निकै उन्नति गरेको थिए । अहिले त्यो पुनित् समिति छ कि छैन, जान्न पाइएको छैन ।

सफल थापा एक संगीतकार, गायक, कुशल संगठक र कलाकार हुनुहुन्थ्यो । सन् १९८४-८५ तिर उहाँ, दीलिप गुरूङ र अन्य साथीहरू मिलेर कञ्चन कला भन्ने साङ्गीतिक टोली खोलिएको थियो । त्यस टोलीले दार्जिलिङका चियाबगानतिर साङ्गीतिक कार्यक्रम आयोजना गर्दथ्यो । सफल थापा त्यसका मूल गायक थिए । (उमेश थापा)  उहाँको पहल, नेतृत्व र उहाँकै ससुरा गायक कलाकार अशोक राईको अभिभाभवत्व सन् १९१९२ तिर सिलगडीमा आरोही साङ्गीतिक टोली गठन गरिएको थियो । त्यस टोलीले सिलगडीतिर विभिन्न नेपाली साङ्गीतिक कार्यक्रम गर्दैआएको छ । त्यस टोलीमा सफल थापा, नीलामणि राई थापा, शरद् सिन्हा, पुष्कर पराजुली, वीरेन खाती, दीलिप प्रधान, सुमन निरौला आदि रहेका छन् । त्यस टोलीले विगत कति महिनादेखि अब मेरो पालो भन्ने नयाँ-पुराना कलाकारलाई निम्त्याएर सम्मान गर्दै कार्यक्रम गर्ने अवसर दिने गर्दछ । अहिलेसम्म यसले ४-५ वटा कार्यक्रम गरेको छ ।

कति सुन्दर र सरस्वतीको वास परेको परिवार । घरका सबै एक सा एक गायक गायिका । ससुरा अशोक राईको आशीर्वाद रहेको अभिभावत्वमा रहेको घर । सरस्वतीको र विभिन्न देवी देवताहरूको फोटो र वास परेको र सुसज्जित घर हो सफल थापाको । गत वर्ष २००२० को अप्रेल, २४ तारिकका दिन थापा परिवारले भर्खरै निधन भएका एस रबिदासको स्मतिमा उहाँको कालजयी गीत स्वर्णिम सपना सँगाली भन्ने गीत गाएर श्रद्धाञ्जलि गाएको थियो। उक्त गीत गाउँमा थापा परिवारका दुई मुटुका टुक्रा छोरीहरू स्नेहश्री र सान्निध्यलगायत नीलामणि गुरूमा र सरले हार्मोनियम बजाउँदै अत्यन्त मिठो गाउनुभएको थियो । कोरोनाकोकालको लकडाउनको अवधिमा बेला बेलामा साङ्गीतिक अनलाइन कार्यक्रम गर्नुहुँदै थियो। सफल सरहरूको साङ्गीतिक टोली आरोही सांगीतिक टोलीको आयोजनामा कार्यक्रम गरेको थियो ।

सफल थापा मूल आयोजक, संगीतकार र गायक हुनुहुन्थ्यो । २००५ मा उहाँको गायन र संगीतमा रूद्राक्ष भन्ने गीति अल्बम निस्केको थियो । त्यसमा नीलामणि थापा र छोरीहरूको पनि बालगीत पनि रहेको थियो । उहाँहरूकै परिवारले भानुभक्त आचार्यको द्विशतकीय जन्मोत्सवको अवसरमा भानुको सम्झना भन्ने भानुभक्तको महिमाको गीति अल्बम निकाल्नुभएको थियो । उहाँकी जेठी छोरी स्नेश्री थापाको सपनाका रङ्गहरू भन्ने गीति अलब्म सफल थापाको सङगीत र यसको संयोजन रहेको थियो (कुनै एउटा गीतमा मधुसूदन लामाको संगीत पनि रहेको थियो) । उहाँको निधनले नेपाली समाजले एक शिक्षा प्रेमी गुमायो । एक संस्कृतिप्रेमी गुमायो । नीलामणि दिदीको आकासै खस्यो, छोरीहरूले अभिभावक, साथी र छहारी बाबु गुमाए । उहाँको आत्मशान्तिको कामना गर्दछु ।

Add a Comment

Your email address will not be published. Required fields are marked *