गजल


आमाको चोली फाटेको सिलाउन मन छ ।
सकिनछु भने आमा, यतै बिलाउन मन छ

तलको गैरी खेतमा मीठो धान झुल्थ्यो ।।
पैसा कमाएर साहुको ऋण, मिलाउन मन छ ।

गरीबीको पीडाले हामी पिरोलिएको बेला ।
आफन्तले दिएको चोट सबै, केलाउन मन छ ।

परदेशबाट पैसा कमाएर आउछु अनि ती  ।
तिम्रा चाउरिएका गाला, खेलाउन मन छ ।

बुढेसकालमा  हात पाउ न चलेको बेला ।
आफ्नै हातले  तिमीलाई पानी, पिलाउन मन छ ।

One Comment

Add a Comment

Your email address will not be published. Required fields are marked *