मनको कहर
|निस्तब्ध सन्नाटामा
मौनता सल्बलाउँछ
रहर बॉच्ने जिजीविषा
पखेटा फिँजाउँछ
बिहंङ्गम क्षितिजपारि
स्वप्नपरीसँग
भयातुर ऑखा जुधाउँछ
र सम्झन्छ
केही क्षण
मात्र केही क्षण
निमेषमा टोलाउँछ
समय प्रहर
मनको कहर ।
निस्तब्ध सन्नाटामा
मौनता सल्बलाउँछ
रहर बॉच्ने जिजीविषा
पखेटा फिँजाउँछ
बिहंङ्गम क्षितिजपारि
स्वप्नपरीसँग
भयातुर ऑखा जुधाउँछ
र सम्झन्छ
केही क्षण
मात्र केही क्षण
निमेषमा टोलाउँछ
समय प्रहर
मनको कहर ।