मेरो सम्झनामा

आफ्नै आयुसँग छुट्टिएर
आर्यघाटको किनारमा बसेको छु
र हेरिरहेको छु आफ्नै लास माथिको तमासा

केही मान्छेहरू लासलाई कात्रो बेर्न थाले
केही आफन्तहरू आलाप बिलाप गर्न थाले
केहीले बनाए चिता
केहीले चढाए चितामाथि
र अर्को कसैले दियो दागबत्ति ।

लास जल्न थाल्यो
हुर्किन थाल्यो आगोको ज्याला
उड्दै पुग्यो आकासमा धुवाँ
बन्न थाल्यो कालो बादल ।

यता घाटमा
बटुलिँदै थिए लासका खरानी
अनि बगाउँदै थिए बाग्मतिमा अस्तु ।

अहो मेरो अवसान
धर्ती र आकाशमा पो रहेछ ।

अनि त लाग्यो म त
यही माटो रहेछु
म त पानी रहेछु ।

म केवल निर्जिव भै यात्रा गरिरहेथेँ
आगोको राप बनि
धुवा बनि अनि खरानी बनि
लाग्यो,
मेरो अवसान नै भएको छैन् ।

त्यसैले मैले ठाने म मृत्युसित
म नडराउनु पर्ने
भो अब कोही  नरोउ मेरो मृत्युमा
बरु रुनुभन्दा
आँखा चिम्म गरेर मलाई महसुस गर ।

हातले धर्ती छाम्नु
तृष्णामा तिर्खा मेटाउनु
म त मन भित्र बचेकै छु सदा सदा
न बगाउ अमुल्य आँसु
नगर बिलाप मेरो अनुपस्थितिमा
नलेख समवेदनाका सन्देश ।

बरु बेला बखत सम्झिदिए पुग्छ
यही माटो र पानीमा छु म ।

Add a Comment

Your email address will not be published. Required fields are marked *