तिम्रो याद र झरी
|
अब त तिमीलाई मैले आफ्नो भन्ने कुनै ठाँउ रहेन ।
तर निराकारपूर्ण तिम्रो याद सधै मेरो नै रहेन ।
त्यो झरी परेको रातहरुमा होस-
या दिनहरुमा –
तिमीलाई अँगालिएको दुई हातहरुले ।
यो झरीमा तिमीलाई हात हल्लाएर पनि बिदाई गर्न सकिन ।
तिमी गयौँ ।
निःशब्द भएर बसीरहेको घरको बलेसीलाई नहेरी ।
म त झन तिम्रो रुचिको विषय नै भएन ।
त्यसैले झरी परेको बेला घरको पालीझैं रोएको देखाउन चाहिन ।
तिमीले मलाई छोडेर जाने बेलामा
तरेर गएको पुल पनि बगायो ।
सबैभन्दा आस्था राख्ने तिमीनिहित
सपनाहरुको हुल पनि बगायो ।
हामीले खेतमा छुपु छुपु रोपेको
धानको गावा पनि बगायो ।
मुटुबाट चोइटिएको
तिम्रो यादको लावा पनि बगायो ।
तर यो झरी र तिम्रो याद उस्तै छ।
तिमीबिनाको यो रातको झरीको कुरा गरुँ ।
सायद –
यो रात l
यो झरीले
यो धर्तीको सबै सुन्दरताहरु बाढीसंगै सोहोरेर लान्छ होला ?
अनि
तिम्रो यादको कहरले
तिमीले छोडेर गएको मेरो मुहारपुस्तिकाको चमकता ।
झरीको हुलबाट आकासतिर चिहाएर हेर्दा ।
झरीको अस्तित्व नगण्य विशाल देखे ।
हुन त तिमी झरी होईनौं –
तर झरीको जस्तै विशाल अस्तित्व मन पराउने नारी हौं ।
त्यसैले त असारे झरीमा
असारे खेतीत्वको आलीमा उभिएर
दुई हात फिजाएर आकास हेर्न मन पराउथ्यौं ।
मेरो काखले चाहेर पनि
तिमीलाई आफ्नै बनाएर राख्न सकिन ।
हेर त म कति मरुभूमि रहेछु ।
ममा तिम्रो यादको कुनै सीमाना छैन ।
मैले तिमीलाई एकदम याद गरिरहेछु ।
तर
एउटा स्वरको अस्तित्वमा
व्यञ्जनात्मक अस्तित्वको विलिन हुन्छ भने
मायाँको भाव र अभावमा मार्क्सशीय समस्या छ भने –
तिमी र ममा प्रेम भएर पनि
वर्गीय संघर्षको लामो इतिहास हिजैबाट रहेछ।