स्वप्निल मन

क्रमभङ्ग विपना
बुर्कुसी मारिरहेछ
दन्त्यकथाको राजकुमार
समय चेतमा हुरी भएर
मन बस्तीमा उत्पात मच्चाएर
आज मझैँ
उखपात बेसुर भएको छ
बिचरो ‘मनबहादुर’
बेलगाम दौडिएको भावुक मन
एक चाबुकमा थचक्क बसेको छ
खुकुरीको चोट अचानोलाई झैँ
चुपचाप थिलथिलो भएको छ
‘मनकुमारी’
नेपथ्यमा चियो गर्छे
चाबुकको चोटिलो धार
प्रहारमा भुत्ते हॉस्छे
यौवनको कुटिल चाहना
ईर्ष्यावत् ‘नॉई_ को नखरा
ओठमै लुकाएको प्यास
छताछुल्ल घोप्टिन्छ भुईँमा
मृगनयनी ऑखा
ओहो ! सिकारी कुकुरझैँ झम्टन्छे
कथित बर्जित फलमा
यो युगको चपेटा
अलपत्र संन्तान
समयको हॉक बनेको छ
मन यही नियतिमा
आदिम मन
इभ मन
बर्जित फलकों
सृष्टि रहस्य
गर्मीको रापमा
निथ्रुक्कै भिजेको छु पसिनाले
मेरो सत्व
अहंममा डुबुल्किन्छ
र बौरन्छ मृत आकाङ्क्षा
रहरको बैँश भुतुक्कै मरेको
कहॉ धेर भएको थियो र ?
र आज फेरि वौरियो
स्वप्निल मन ।

Add a Comment

Your email address will not be published. Required fields are marked *