जीवनचक्र

जीवनको घुम्तिहरुमा
होली खेलिरहेका
मौन क्रन्दन
उकुसमुकुस हुने स्वासप्रस्वास
कता कता चिमोटिरहने
पल पल अस्तव्यस्त छट्पट्टीएका मानव तन्तुहरु
साक्षात्कार जीवनको दौरानमा
सम्हाल्दा सह्माल्दै
जीवन्त समयमा फुत्केका जीवनहरु
बटुल्दा बटुल्दै हराएका समयहरु
हेर्दा हेर्दै पहिरोहरुमा
चिप्लिएका पर्वतका ढिस्काहरु
संगाल्दा संगाल्दै फुत्केका आफन्तहरु
सोहर्दा सोहर्दैको अतित
बादल झैं बिलिन हुँदैछ
चिनजानका साथी-भाइका
अनुहारहरु हराउँदै गएपछि
जीवनको यादहरु
सगाल्नै नभ्याउँदा
आफ्नै चिता
कत्तिबेला कुन ठाउँमा जल्ने हो
बिजुलीको झट्काले हो कि
घाटमा दन्किरहेको आगो माथि ?
पृथ्वीको गर्भमा समाहीत हुने त हो
पशुपति आर्यघाट नै रोजेर
कहाँ  पाईने रहेछ र ?
कसरी अन्त्येष्टि हुँदो हो
नि:शब्द बनेर अन्तिम समयको
कारुणिक  दृश्यवली प्रत्यक्ष बनेर घुमिरहेछ
मस्तिस्क भरि जीवन्त,
जीवनका दृश्यहरु
चुडिएको चङ्गा
शून्य आकाश माझ
मौन क्रन्दन सादृश्य बनिरहेछ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *