पुस्तक समीक्षाः आखिर दोषी को ?

विसं २०७६ सालबाट आरम्भ भएको कोरोना कहरको महामारीले विश्वलाई निकै आक्रान्त बनायो । विश्वका थुप्रै मानिसको जीवन समाप्त भयो । नेपाल पनि यस रोगको महामारीबाट अछुतो रहन सकेन । पहिलो चरणको कोरोना कहरको समयमातुलनात्मक रूपमा कमै मानिसको ज्यानहताहती भएपनि धेरै मानिसले त्रासपूर्ण समय व्यतीत गरी घरभित्रै बस्न बाध्यहुनुपरेको थियो । सबैतिर निषेधाज्ञा थियो। मनमा एउटा अनौठो भय पनि थियो । घरको चौधेराभित्र समय बिताउनु पर्दा एक किसिमको छटपटी तथा नैरास्यता जस्ता मनोवैज्ञानिक तनावकाबीचमा मानिसले जसोतसो आफ्ना दैनिक क्रियाकलाप सञ्चालन गर्न थाले । बिस्तारै मानिसले भयलाई चिर्दै आफूलाई सृजनात्मक कर्ममा प्रवृत्त गर्न थाले । बौद्धिक वर्ग अध्ययन अनुसन्धानमा लागे । पठन संस्कृतिको बढोत्तरी भयो । अन्य केही सृजनात्मक आयामहरू खुले तर नेपाली राजनीति सफा हुन सकेन ।

(प्राडा विष्णु सापकोटा)

वैश्विक महामारीको यो जटिल अवस्थामा पनि नेपाली राजनीतिक वृत्तमा अनपेक्षित घटना घटे । मुख्यगरी करिब दुइतिहाइ बहुमतमा रहेको कम्युनिस्ट पार्टीमा आन्तरिक विवाद आयो । सत्तापक्षलाई सरकार टिकाउन निकै ठूलो कठिनाइको सामना गर्नु प¥यो । एकातिर कोरोना कहरको तनावपूर्ण अवस्था थियो भने अर्कोतिर नेपाली राजनीतिको तरल अवस्था रह्यो । यस विषम समयमा पनि देशमा घटेका घटनालाई केन्द्रबिन्दु बनाएर ऐतिहासिक दस्ताबेजकै रूपमा रहने गरी प्राडा तीर्थप्रसाद मिश्रले एक महत्वपूर्ण पुस्तक आखिर दोषीको ? निबन्धात्मक ग्रन्थ पाठकसमक्ष पस्किनुभयो ।

प्राध्यापक मिश्र नेपालको इतिहास लेखन विधामा ख्याति कमाइसक्नुभएको एक सिद्धहस्त लेखक हुनुहुन्छ । उहाँले नेपाली इतिहासलाई अठारवटा पुस्तक तथा सयभन्दा बढी अनुसन्धानमूलक लेखहरू दिएर राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाइसक्नुभएको छ । एकचालीस वर्षे निरन्तरको विश्वविद्यालाय सेवाबाट निवृत्त भएपछि पनि आफ्नो लेखन कार्यमा निरन्तर लागिरहनुभएकोछ । सरकारी एवम् गैरसरकारी संस्थामा रही महत्वपूर्ण जिम्मेवारी सम्हालिसक्नुभएका पाध्यापक मिश्रको अनुसन्धानमा विशेष दक्षता छ । पन्ध्रजनाभन्दा बढी शोधार्थीले उहाँको निर्देशनमा विधावारिधि पूरा गरेका छन् ।

प्रस्तुत पुस्तकमा फरक स्वादका एक्काइसवटा निबन्धात्मक लेख सङ्गृहीत छन् । अलगअलग अवधारणा र दृष्टिकोणलाई इतिहाससँग संयोजन गरी तयार पारिएको यो पुस्तक पठनीय बन्न पुगेको छ । शासकवर्गको स्तुतिगानःएक दीर्ध रोग शीर्षकमा शासकवर्गको स्तुतिगान परम्परा केलाउन खोजिएको छ । शासकको स्तुतिगान गर्ने चलन लिच्छिविकालदेखि हालसम्म अविच्छिन्न छ । मानिस स्वाभाविकरूपले प्रशंसा र गुणगानको भोको हुन्छ । शासक वर्गमा होस् वा प्रशासक अथवा समाजका अन्य क्षेत्रमा यो नियमसमान रूपमा लागू भइरहेको छ । अतः यस प्रवृत्तिको अन्त्य हुनुपर्ने लेखकीय मान्यता रहेको छ । लेखकले विजित शासकको प्रशंसा गर्ने र पराजितलाई गाली गर्ने परम्परालाई रोगका रूपमा चित्रण गर्दै राजा ज्ञानेन्द्रको शासनकालको उदाहरणसमेत दिनुभएको छ ।

पुस्तकमा उल्लेख गरिएको अर्को महङ्खवपूर्ण पक्ष हो,महिलामहङ्खवाकाङ्क्षाको रोग । जुन नेपालको इतिहासको हरेक कालखण्डमा रहेको देखिन्छ । यसकै कारण नेपालको शासनमा राजा वीरेन्द्रको वंशनास भएको तथा नेपालका प्रधानमन्त्री, मन्त्री र नेतासमेत यसबाट अछुतो नरहेको कुरालाई उदारणसहित विश्लेषण गरिएको छ । नेपालको राजनीति होस् वा प्रशासनमा होस् पूर्व पदाधिकारीलाई उचित व्यवस्थापन गर्न नसक्दा समस्याभएको छ । राजनीति, प्रशासन, विश्वविद्यालयलगायत सम्मपूर्ण क्षेत्रमा यसले प्रत्यक्ष परोक्ष असर पारेकाले यसबाट मुक्त हुनुपर्ने दृष्टिकोण पुस्तकमा समेटिएको छ ।

पुस्तकमा नेपालको कूटनीतिलाई चिनाउन काक्रोलाई थाक्रो हाल्दा थाक्रो नै धनीभएको उदाहरण दिइएको छ । यसले नेपालको वैदेशिक सम्बन्धको चरित्र देखाएको छ । प्रारम्भिककालदेखि हालसम्मको नेपालको परराष्ट्र नीतिबारे पुस्तकमा सही मूल्याङ्कन गरिएको छ । लेखकले राष्ट्र कमजोर हुँदा मुलुकले भोग्नुपरेको सास्ती पनि प्रस्तुत गर्नुभएको छ । जसको वर्तमान शृङ्खला अहिले हामी भोगिरहेका छौँ । साथै राजनेताको राजधानीमोह र यसले समाजमापारेको प्रभाव चित्रण गर्दैयसकैकारण देशको उन्नतिहुननसकेको धारणा व्यक्तभएको छ । लेखकले नेपालमा भएका खनिज संसाधन तथा जडीबुटीको उचित प्रयोग हुन नसकेको चर्चा गर्दै स्वदेशी सीप र श्रमको सहीप्रयोग हुनसके देश आत्मानिर्भरहुने धारणा राख्नुभएकोछ । शासकमा अति महत्वकांक्षाभएमा त्यो देश खण्डहर हुन्छ । र,अति हहत्वकांक्षी शासकको पतन अवश्यम्भावी छ । लेखकले यसलाई ऐतिहासिक तथ्य सहित हालको राजनीतिक व्यवस्थासँग तुलना गर्नुभएको छ । हामीले हाम्रा मौलिक संस्कृति तथा लवाइखुवाइलाई भुलेका छौँ । अल्पज्ञान र लघुताभासकै कारण हाम्रो सस्कृति र सभ्यतामाथि आघात पारेको छ । यस कुरालाई आवश्यक दृष्टान्तसहित उल्लेख गरिएको छ ।
पुस्तकमा आखिर दोषीको ?, सतीको श्राप ः योग्यको कदर नहुने रोग, हामी समयको कति सदुपयोग गर्छौँ ? जस्ता लेखमार्फत पाठकलाई नेपालको राजनीति तथा इतिहासका परम्परित तथा नवीन तथ्यहरूको जानकारी दिन खोजिएको छ । नेपालको राजनीतिमा देखापरेका विकृति, शासकले शासन सञ्चालनगर्दा देश, जनता तथा राष्ट्रप्रति ध्यानदिन नसकेको अवस्था र निरङ्कुश शासन स्थापनाकाकारण एवम् परिणामलगायतका खुराक यस पुस्तकबाट पाठकले प्राप्तगर्ने छन् ।

नेपालमा ऐतिहासिक लेखनको परम्परा र ऐतिहासिकउपन्यासले नेपालको इतिहास लेखनमा खेलेको महत्वपूर्ण भूमिका पुस्तकमा आएको छ । ऐतिहासिक उपन्यास नै राजनीतिक इतिहास लेखनको मुख्य स्रोत हो । नेपालमा पनि ऐतिहासिक उपन्यास लेखनको अविच्छिन्न परम्परा रहेको छ । यही सिलसिलामा पछिल्लो समयमा रणहार, महारानी उपन्यास पुरस्कृत हुनुबाट यसको महत्व तथालोक प्रियता प्रस्टिन्छ । लेखकले इतिहासकारहरूका तर्फबाट ऐतिहासिक उपन्यासकारलाई बधाई ज्ञापन गर्नुभएको छ । साथै भविष्यमा पनि यस्ता उपन्यास आउन सकून्भन्ने भन्ने शुभकामना पनि दिनुभएको छ ।

अन्त्यमा, लेखकले विसं २०७७ वैशाखदेखि फाल्गुणसम्म घटेका घटनालाई समेटेर तयार पार्नुभएका फुटकर लेखहरू सङ्गृहीत गरी पुस्तक तयार पार्नुभएको छ । कोरोना कालको मनोविज्ञान तथा नेपालमा विकसित अनपेक्षित घटनाक्रमले लेखक निकै चिन्तित बन्नुभएको देखिन्छ । कम्तीमा पनि यस्ता घटनाको जानकारी समयमा नै पाठकमा गराउन सकियोस् भन्ने उद्देश्यले यस पुस्तकको जन्मभएको हो । पुस्तकले नेपालको अस्थिर राजनीतिले जनतामा पारेको प्रभाव, देशको वर्तमान अवस्था, राष्ट्र कमजोर हुँदा जनताले भोग्नुपर्ने कष्टजस्ता विषयमा प्रकाश पारेको छ । यो ऐतिहासिक तथ्यमा आधारित निबन्धहरूको सङ्ग्रह हो । लेखकले नवीनखोज तथा तथ्यलाई आधार बनाई ऐतिहासिक तथ्य धटना र स्रोतको प्रयोग गर्नुभएकाले यो पुस्तक सबै जिज्ञासु पाठकका लागि पठनीय एवम् सङ्ग्रहणीय सामग्री बन्न पुगेको छ । यसको सरल तथा सरस भाषाशैलीले पाठकलाई आकर्षित गर्नेछ । पुस्तकका प्रत्येक विषय ऐतिहासिक तथ्य तथा वस्तुनिष्ठ घटनामा आधारित छन् । तसर्थ पुस्तकले भविष्यका अनुसन्धानकर्तालाई अवश्यै सहयोग गर्नेछ । कोरोनाकहरले थलिएका पाठकलाई पुस्तकले ऐतिहासिक घटनाका माध्यमबाट बौद्धिक खुराक उपलब्ध गराउने छन् । अन्त्यमा यति सुन्दर ग्रन्थ जिज्ञासु पाठकलाई उपहार दिनुभएकोमा लेखकलाई हार्दिक धन्यवाद तथा बधाईदिन चहान्छु ।

लेखकः प्राडा तीर्थप्रसादमिश्र
पुस्तकको नामः आखिर दोषीको ?
प्रकाशकः निकिता मिश्र पाण्डेय     
(मेडिसन बिसकिन्सन,अमेरिका)
प्रकाशनवर्षः विसं २०७८ ।
मूल्यः रु ३५०।
वितरकः पशुपति पुस्तक भण्डार, पुरानो बानेश्वर

One Comment

Add a Comment

Your email address will not be published. Required fields are marked *