तीजको गीत

तिजको बेला माईत जाने लहर
सारै नै लाग्यो भयो नी’  रहर

दिदी र बहिनी मिलेर घरमा
रहर पुग्ने गरि नाचम्ला बरिलै

आमाले पकाएको कति मिठ्ठो लट्टे
करेलीको अचारसँग खाउँला बरिलै

तिजको भोजमा मिठ्ठा मिठ्ठा गितमा
झम्केर हाँसी हाँसी नाचम बरिलै

रातो रातो त्यो सिल्कको साडी
लगाएर छम-छम नाचम बरिलै

यो रमाईलो बेला, चेली भेट्ने दिनमा
घरबाट रमाई-रमाई जाउँन बरिलै

उकाली ओराली, गाउँबेसी गर्दा
सुस्केरा तान्दै , गयो जीवन बरिलै

कहिले कहिले चेली  माईत आउँदा
हाँसेर  बोले है कान्छा मेरा भाइ

चारैतिर बाढी  पैरो आएको बेला
जोगीएर सबैलाई बचाऊँ बरिलै

अहिलेको तिजमा छोरी माईत जाँदा
अँधेरी  खोलाले लग्यो बरिलै ।

Add a Comment

Your email address will not be published. Required fields are marked *