प्रश्नहरु
|पठन: फिलिंगो-२
सीमान्ती,
तिमी पूर्ण यौवनमा थियौ । मनमा प्रसन्नता थियो । प्रिय–मिलनमा आतुर थियौ । यौवनको रोगन चम्कन्थ्यो । सुवास गम्कन्थ्यो । कसैको भय पनि थिएन । कसैको नजरले पछ्याउने कुरै थिएन । समय तिम्रो ! राग तिम्रो ! रुचि तिम्रो ! विदेशको भूमि, शान्ति र सुरक्षाको चिन्ता थिएन । फेरि तिम्रो पति परमेश्वर आफ्नो क्षेत्रमा केन्द्रित किन भएन ? किन छरिन गयो ? के तिमीसँग यसको निर्व्याज उत्तर छ ?
तिमीले निर्भयको सुरत विधि भोगमय, प्रयोगमय छ,असामान्य वा अप्राकृतिक अथवा डरलाग्दो घीनलाग्दो छ भन्ने कुराको संकेत अत्यन्त थोरै र सभ्य शालीन शब्दमा गर्यौ । मैले पनि बुझेजस्तो गरेँ । तर यौवन–विलास र काम–कलामा २४ वर्षकी युवती हच्किन्छे भन्ने कुरा शायद मान्न सकिन्न । कि रोगी हुनुपर्यो कि थाकेको । के शैलीसँगको असहमति हो ?
सीमान्ती, तिम्रो सोच र संस्कार किञ्चित परम्परागत भएर पो समस्या भएको हो कि ? यदि पत्नी प्रेमिकाको भावले प्रस्तुत हुन सक्तिन नैतिक सीमा छन् । पत्नी केहीबेरकी तरुनी हुनसक्तिन किनकि ऊ मात्र भोग्या होइन । अनि पत्नी बजारकी वा मूल्यकी हुन सक्तिन भन्ने सोच हो भने त्यस क्षणमा पुरुषतत्व आफ्नो पराजयबोधले विचलित हुने पो हो कि ? कतै आफ्नो संस्कारको निर्वाहले उसको रुचिको उपेक्षा पो भएको थियो कि ? तिमीले फर्केर सोच्न भ्याएकी छौ ?
कहीं खराब लतमा परिसकेको मान्छेसँग उसको रुचि अनुसार प्रस्तुत हुन नसक्नु पनि निर्भयको छरिने स्वभावको पोषक त भएन ? कहीं तिम्रो अरुचिले निर्भयलाई तिमीबाट विमुख बनाउँदै लगेको त होइन ? जापानी शरीरसँग भोगविधिमा रत्तिइसकेको निर्भय त्यहाँ पनि तिमीलाई साग बराबर ठान्दैन भन्ने सोच त तिम्रो हैन ? के ऊ प्रतिकूल रुचिकै भएछ त ? निर्भयलाई ममाथि नै केनिद्रत गर्छु, छरिन दिन्न भन्ने सोच तिमीमा किन आएन सीमान्ती ?
मेरो आफ्नै रुचि र प्रकृति छ । म आत्मा मासेर अप्रिय ढंगले रतिविलास गर्न सक्तिन, त्यो मेरो रुचि प्रतिकूल हो । म कुलस्त्री हुँ, कुलकी चेली हुँ । मेरो आफ्नै मान–सम्मान छ । आत्माले स्वीकार नगरेको कुरा अभिनय गर्न सक्तिन भन्ने सोचाइले निर्भय टाढिँदै गएको हो भन्ने सोचिनौ ? हो, सोचिनौ शायद त्यो सत्य थिएन । यहीँनेर एउटा प्रश्न छ– उसले चाहेको जस्तै नृत्य गरेर पो आफ्नो अनुकूल बनाउन सकिन्थ्यो कि ?
सीमान्ती, प्रश्न अर्को पनि छ । किन बोलाएको रहेछ त तिमीलाई ? नेपालबाट तिमीलाई जापान बोलाउनुको अभिप्राय के रहेछ ? मात्रै प्रदर्शन वा मात्रै भोग ?हो, म यो मान्नै सक्तिन । ५-६ ढंगका उत्तर त मलाई कण्ठै छ । कतै, तिमीमाथि आफ्नो बढप्पन वा रवाफको विज्ञापन गर्न खोजेको त होइन ? यदि यस्तो सोचाइ लिएको हो भने तिमीजस्तो शालीन व्यक्तित्वकी नारीको उपेक्षा हो, मानमर्दन हो । परिवार र संस्कारको उपहास हो । मैले यस्ता प्रसंगलाई यसैगरी बुझें ।
हाम्रो संस्कृतिमा विवाहित पत्नीको मर्यादा उच्च हुन्छ । शायद निर्भयले यसबारे दीक्षा पाएन कि ? किन्तु तिमी त हिम्मती, बुद्धिमती र विवेकी थियौ नि ! किन निर्भयजस्तो शठलाई सम्झाउन सकिनौ ? कहीं पतिको पदले तिम्रो चिन्तन थिचेको त होइन ?
सीमान्ती प्रश्न धेरै भए । बाँकी प्रश्न फेरि है । मेरा प्रश्न अप्रिय छन् । म तिम्रा आँखामा आँसु आउन भन्न पनि त सक्तिन । मैले यो कमजोरी आफैँसँग हुर्काएको छु नि !
Frontier,
You were in your prime. There was happiness in my mind. Dear, you were eager to meet. The rogan of youth shone. The fragrance was fading. No one was afraid. There was nothing to follow. Time is yours Your passion Your interest There was no concern for foreign land, peace and security. Then why isn’t your husband God focused on his area? Why did you scatter Do you have an unanswerable answer? It is beautifully written by Dr. Hariraj Bhattarai