पाँच मुक्तक
|१
चेहरामा मुस्कान छ अनुपम आकृतिको
मुस्कानमा प्रस्ताब छ सप्रेम अतृप्तिको
किन टारौं बित्थाको अनाहक नखरामा
स्विकार छ आमन्त्रण प्राप्ति स्विकृतीको ।
२
मनको गीत गाउने भाका खोज्दैछु
मनसँग प्रित लाउने साथ रोज्दैछु
मनका कुरा छन् जति आफै सोध्दै
भएजति सबै पोख्दै सलह बग्दैछु ।
३
मनको चोटपटक नचहर्याऊ कुनै कुराले
बातचित हुँदा प्रहार नगर वचनका छुराले
दुई दिनको जिन्दगी न हो के नै छ र भर
सम्बन्ध र सामिप्य नछुटाऊ सानो कुराले ।
४
अनायास आज किन फेरि याद आयो
बिर्सिएको सम्बन्ध त्यसै यादमा छायो
छाया उनैको आफ्नै वरिपरि समिपमा
सम्झनाको प्रगाढता अजर – अमर रह्यो ।
५
केही पङ्क्ति चोटिला प्रहारमा लेखेँ
अनायास मर्माहत तिम्रो अनुहार देखेँ
घाइते आफै भई चिन्तित पाउँदा
भइगो , ‘डिलिट’ स्पर्श ‘कीबोर्ड ‘मा गरें ।