मेरो मन

मेरो मन फूलजस्तै छ
बगैँचामा सधैं फुली रहन्छ,
मेरो मन चराजस्तै छ
सधैं खुला आकाशमा उडिरहन्छ ।

मेरो मन इन्द्रेणीजस्तै छ
सधैं रङ्गिन खुसी बटुली रहन्छ
मेरो मन सागरजस्तै छ
सधैं शान्त र स्थिर हुन्छ ।

मेरो मन सबैभन्दा खुसी छ
म आँफैलाई धेरै माया गर्छु
मलाई आडम्बर र गहना मन पर्दैन
मलाई निःस्वार्थ र प्रकृति मै सुहाउँछ
म सुन, चाँदी र हीरा मोती झुण्ड्याउन चाहन्न
मेरो कोमल शरीरले यसको भार उठाउन सक्दैन ।

Add a Comment

Your email address will not be published. Required fields are marked *