मायालू धनकुटा
|क्षितिज पारी मेरो मनको
एक कुनामा सुस्तरी
कलिलो टुसा पलाईरहन्छ
हर्षित मन जन्मस्थलको यादमा
सधै पिङ् झुलिरहन्छ
हृदयको ढुकढुकीमा अल्झिरहन्छ
मेरो मायालु धनकुटा ।
एक कुनामा सुस्तरी
कलिलो टुसा पलाईरहन्छ
हर्षित मन जन्मस्थलको यादमा
सधै पिङ् झुलिरहन्छ
हृदयको ढुकढुकीमा अल्झिरहन्छ
मेरो मायालु धनकुटा ।
सल्लेरीको सुसाईरहने सिर्सिरे बतास
कानमा ठोक्किएर
मसँगै ढेस्सिएर बहिरहन्छ
तमोर नदी हरेक पल गडगडाएर
मेरै मुटुको रगतसँगै
मेरो मनको गहिराईमा
हरेक धड्कनमा बगीरहन्छ
आँखाबाट कहिल्यै नहराउने
मनमोहक डाडापाखामा घुमीरहने
फुस्फुसे कुहिरोका जत्थाहरुमा
मेरो मन मस्तिस्क सितल बनाई झुमिरहन्छ ।
मन चोख्याएर कलकल बगीरहने धनकुटाका खोला-नाला
सम्झनाको पखेरुमा कहिलै नहराउने
बिहानीको सूर्य
मनभरि झुल्किरहन्छ
डाँडा पाखाभरि लस्करै उभिएको घरहरु
बारीको कान्लाभरि ढकमक्क फूलेको
लाहुरे, सयपत्री फूलहरु
हरेक रितिरीवाज गाईजात्राहरु
अनेकतामा एकता बनेर रमाउने साँस्कृतिक पर्वहरू
राई लिम्बुहरुको धान नाच
रोधीघरमा गाउने दोहरी गीतहरु
सानोछँदा टेकेको मेरो सानो नरम पाईतालाका डोबहरु
नाचिरहन्छन् धनकुटाको छेउकुना ।
राई लिम्बुहरुको धान नाच
रोधीघरमा गाउने दोहरी गीतहरु
सानोछँदा टेकेको मेरो सानो नरम पाईतालाका डोबहरु
नाचिरहन्छन् धनकुटाको छेउकुना ।
कुहिरो झैँ डाँडा वरिपरी फन्कोमारेर
धनकुटाको सम्झनाका टुकुटुकु हिंडीरहन्छ
देब्रेबासको सुन्तला
धनकुटा बजारको जुनार
ती गाउँ घरका चिंचिलो काक्रा
चौथीको रात सुटुक्क टिपेर
गाउँलेहरूकै घरमा बसेर खाएको यादले कोट्याईरहन्छ
त्यो सम्झनाको पखेरु मनमा फुर्र फुर्रउडिरहन्छ ।
चौथीको रात सुटुक्क टिपेर
गाउँलेहरूकै घरमा बसेर खाएको यादले कोट्याईरहन्छ
त्यो सम्झनाको पखेरु मनमा फुर्र फुर्रउडिरहन्छ ।
बिहीबारे हाटमा अण्डा जोडाएर
आनन्द लिएको क्षण
स्कूल कलेजका दौतेरीहरुसँगै
उतरपानीको चिसो हावाको स्वादलिएर
पिकनिक मनाउँदाको वनभोज
रमाईलो दशैं तिहारको उत्सवहरु
होलीमा पिचकारीले छोडेका रंगीन तरङ्गहरु
अविस्मरणीय सम्झनाका पलमा सिमित
मेरो प्यारो मायालू धनकुटा !
One Comment
जन्म स्थानको माया झल्कने कविता मिठो कोशेली हो पाठक को लागि ।