चर्चा जेठी दुलहीको

केहि समय पहिले बेलायती राजकुमार ले आफु भन्दा ४ बर्ष जेठी चर्चित कलाकार लाइ दुलही बनाए त्यो भन्दा केहि महिना अगाडी ७० जवान दुलही संग ३९ बर्षिय जवान दुलहाले बिहे गरेको खबरको भिडियोले सामाजिक संजालमा निक्कै ठुलो चर्चा पाएको थियो । एक जमानामा निक्कै चर्चित एबम ख्याती कमाएकी नायिका मनिषा कोइरालाले आफु भन्दा १० बर्ष कान्छो दुलहासंग बिहे गरिन फ्रेन्च राष्ट्रपति इमानुयलले आफु भन्दा २४ बर्ष जेठी सम्बन्ध बिच्छेद भएकी आफ्नै शिक्षिका सङ्ग बिबाह गरे । यी र यस्ता त् पछिल्ला प्रतिनिधि पात्र मात्र हुन् इतिहासका धेरै कालखण्डमा यस्ता बिबाह भएका छन् र नया कुरो पनि रहेन तर यहाँ चर्चा गर्न लागेको प्रशङ्ग केहो भने शास्त्रदेखि वर्तमानसम्म संसारको सबै समाजमा स्वाभाविक रुपमा जेठो दुलहा र कान्छी दुलही हुने सामान्य नियम वा मान्यता रहेको देखिन्छ तर अस्वाभाविक रुपमा जेठी दुलही र कान्छो दुलहा भएको बिषय भने चर्चामा आउने गर्छ ।

स्वाभाविक वा प्राकृतिक रुपमा रहेको कान्छी दुलही जेठो दुलाहा हुने सामाजिक परम्परा लाइ तोड्दै जेठी दुलही रोज्ने वा कान्छो दुलाहा रोज्ने कारण के के हुन् सक्छ रुसामाजिक बहसको बिषय पक्कै हो र हुनु पर्छ र भएको छ । समाजमा यस्ता धेरै घटना हरु छन् बढी उमेरका धनाढ्य महिलाहरुले आफ्नो घरमा काम गर्न राखेको सहायक, सवारी चालकदेखि बिजुली बत्ति बनाउन आउने टेलिफोन बनाउन आउने कम उमेरका युवाहरु आफ्नो यौन तृष्णा मेटाएको देखि बर्तमानमा जवान युबा लाइ भाडामा लैजाने वा पाल्ने प्रवृति पनि हाम्रो समाजमा पनि बढी रहेको चर्चा छ । यहाँसम्म कि बिहे नै गरेको झैँ घरमा लगेर पाल्ने समेत गरेको देखिएको छ तर त्यस्तो उमेरले जेठी दुलही र कान्छो दुलहाको बिहे एकाध बर्ष मात्र टिकेको पाइन्छ हाम्रो समाजमा एक चर्चित कलाकारलाई बिबाहित र सम्बन्ध बिच्छेद गरेकी ब्यबसायी जेठी दुलहीले घरमा लगेर पालेको तर दुइ बर्ष पनि त्यो सम्बन्ध टिक्न सकेन । यहाँ प्रश्न उठ्छ आजसम्म बिस्वमै किन दुलहीले बिहे गरेर दुलहालाई आफ्नो घरमा लैजाने परम्परा बसेंन ? किन महिलाको सम्पति वा कमाइमा निर्भर हुन् बिस्वको कुनै समाजको पुरुषलेले स्वीकार गर्न सकेको छैन ? दुलहाभन्दा दुलही २० बर्ष कान्छी हुन् नहुने मुलुकी ऐन बनाउने हाम्रो समाज त् झन् जेठी दुलही कान्छो दुलहा प्रवृतिलाई लै सहजतापुर्बक लिने कुरो पनि भएन ।

के हुन् सक्छ त् जेठी दुलही र कान्छो दुलहाको बिहेको कारण सामाजिक आर्थिक सास्कृतिक परम्परासंग जोडिएको यो प्रशङ्गले समाजमा उठाएका केहि प्रश्न हरु यस बिषयमा अमेरिका युरोपका धेरै प्राध्यापक हरुको बिष्लेषण अनुसार केहि यस्ता तथ्य हरु वा कारण रहेको निष्कर्ष निकालिएको छ ।

१ सम्बन्ध बिच्छेद भएका वा बहु पुरुषसंग शारीरिक सम्बन्ध राखेका वा राख्ने गरेका महिलाहरुले आफ्नो योन तृष्णा मेटाउन नै आफु भन्दा कम उमेरको दुलहा वा योन सम्पर्कको लागि कम उमेरको पुरुष साथि रोज्ने गरेको देखिन्छ उमेरले जेठी दुलहीले आफ्नो यौन तृष्णा तृप्तिको लागि कम उमेरको केटो खोज्ने र उसको व्यवहार अतिनै मायालु यौनक्रिडा अतिनै आक्रामक र सदभाबपूर्ण हुने वा रहने भएकोले कम उमेरका दुलहा एक पटक सम्पर्कमा आए पछी निकै प्रभावित हुने कारण नजिकिने गरेको देखिन्छ । यस्तो बिबाह वा सम्बन्धमा जेठी महिला नै योन क्रियामा बढी सक्रिय वा पहिले अगाडी बढ्ने गरेको भुक्तभोगीहरुसंगको छलफलबाट बुझिएको छ ।

२ उमेरले जेठी दुलहीप्रतिको आकर्षण यौन तृष्णा सम्पतिको लालच वा चर्चित हुने सोचले प्राथमिकता पाएको हुन् सक्छ जुन दुवै पक्षमा लागु हुन्छ त्यसैकारणले होला आफु भन्दा गरिब र जेठी महिला सङ्ग बिबाह वा यौन सम्पर्क साथि बनाएको भने कतै भेटिएको छैन ।

३ (केहि युवक हरुले आफ्नो आर्थिक दुरावस्थाको सुधार वा मुक्तिको लागि आफु भन्दा जेठी सङ्ग प्रेम वा बिबाहको वा सम्पर्क समयको लागि लालायित भएको पनि अध्ययनले देखाएको छ त्यस्ता युवकले बिधवा वा सम्बन्ध बिच्छेद गरेर बसेकी आफुभन्दा जेठी महिलालाई प्रेम जालमा पारेको देखिन्छ केहि नेपाली युवाहरुले पनि अमेरिका अस्ट्रेलियामा आफुभन्दा धेरै बढी उमेर कि महिला सङ्ग बिहे गरेका छन् त्यसको पछाडी एकल महिलाको अगाध सम्पतिको लालच आफ्नो दुरावस्थाबाट र स्थायी कागज बनाउने अभिष्ट नै प्रमुख कारक रहेको देखिन्छ न्युयोर्कमा एक नेपालीले आफु भन्दा दुइ गुणा भन्दा बढी उमेरकी महिला सङ्ग बिबाह गरि स्थायी बसोबासको प्रक्रिया गरेको पछी तिनीलाई छोडी दोस्री पनि आफु भन्दा जेठीलाई नै अथक प्रयासबाट प्रभावमा पारि बिहे गरेको घटना हाम्रो समाजमा छ यस्तो बिहे महिलाको चर्चित व्यक्तित्व शारीरिक आकर्षण र सम्पति नै प्रमुख कारण देखिन्छ । उमेर ढल्कदै जाँदा एकल महिलाहरुले आफ्नो व्यक्तित्व (पदीय एबम सम्पति र चर्चा )अनुकुलको साथी न पाउदा सम्पर्कमा आएको वा आफुप्रति आकर्षित आफुभन्दा कान्छो पुरुष सङ्ग बिहे गर्ने गरेको घटनाहरु छन् ।

४ लामो समयसम्म पुरुषको सम्पर्कमा रहन असफल तर अत्यधिक योन तृष्णा ले विक्षिप्त जेठी महिलाले आफु भन्दा कान्छो दुलहा वा योन सम्पर्क साथी प्रतिको चाहना रहेको क्यालिफोर्निया बिस्वबिध्यालयका एक समाजशास्त्री एबम प्राध्यापक बताउछन ।

५ यौन तृप्ति र रोमान्सको भोक नै आफु भन्दा कान्छो दुलहा रोज्ने अर्को प्रमुख कारण हो जसलाई कथित प्रेमको झुठो संज्ञा दिने गरिन्छ तर धेरै घटनाको अध्ययन ले स्पस्ट पारि सकेको छ कि यस्तो बिबाह वा सम्बन्ध लामो समय न गएको र अस्थायी प्रकारको भएको देखिन्छ केहि समय पश्चात एक अर्काको योनिक आकर्षण समाप्त हुने र सोचाइको फरक फेसन रुची आदिको फरकता को कारण दीर्धकालीन नरहेको धेरै घटनाहरुले प्रष्ट्याई सकेको छ ।

६ केहि जोडीमा भने दुबैमा फरक उमेरको सङ्ग अर्थात जेठी महिला र कान्छो पुरुष सङ्गको यौन सम्पर्क को अनुभब बटुल्ने चाहना मात्र पनि रहेको खुलेको छ जसको लागि बिहेको कलात्मक नाटक गर्ने गर्छन ।

७ कुनै घटनामा भने आफुले मन पराएको आफु भन्दा जेठो पुरुषले अपहेलना गरेको वा तलाई कसले पत्यौछ ? भनेको वा बेवास्ता गर्दा “इगो” साध्न पनि प्रलोभनमा पारेर आफु भन्दा कम उमेरको केटा सङ्ग बिबाह वा यौन सम्पर्कको लागि साथी बनाएको पनि देखिन्छ तर पनि उमेरको धेरै फरकको कारण एक अर्काको रुची वा सोखमा समेत फरकपन हुने भएकाले यस्तो प्रेम वा सम्बन्ध दीर्धकालीन न रहेको देखिन्छ ।

८ केहि घटना भने आफुलाई हेर्ने सहयोग गर्ने आफु सरहको पुरुष साथी न पाउदा निरास भएर पनि आफुभन्दा कम उमेरको केटोलाई प्रभावमा पारेर बिहे गरेको वा संगै बसेको देखिन्छ । यस प्रशङ्गमा भने जेठी महिलाहरुको शारीरिक आकर्षण र सम्पति एबम चर्चित व्यक्तित्व हुनुको कारण कम उमेरको पुरुषहरु लालायित भएको देखिन्छ ।

९ कतिपय घटनामा भने आफुले रोजेको वा मन परेको आफ्नो सामनाको केटीले धोका दिएको सम्बन्ध बिच्छेद भएको कारण यौन निरासा वा विक्षिप्त भएका युवाहरुले पनि आफु भन्दा जेठी महिला सङ्ग सम्पर्क राख्ने गर्दा रहेछन त्यस्तो महिला प्राय बिधवा वा सम्बन्ध बिच्छेद गरेर बसेकीलाई प्रभावमा पार्दा रहेछन जुन दुबैको अस्वाभाविक यौन तृष्णा मेटाउने अभिष्ट मात्र भएको सम्बन्धित बिषयमा अध्ययन गरेका बिस्व बिध्यालयहरुका प्राध्यापक हरुको निचोड छ। योन तृष्णाले विक्षिप्त महिला हरु सजिलै जवान पुरुष हरु प्रति आकर्षित हुँदा रहेछन जसरि आफु भन्दा धेरै कम उमेरकी युवतीप्रति पुरुस विक्षिप्त रुपमा आकर्षित हुने वा योन लालच राख्ने गर्छन । यस्ता बिबिध कारण हरुका पछाडी जेठी महिला र कम उमेरको पुरुषको बिबाह भएको घटनाहरु छन् सामान्यया जेठी दुलही सुन्दरताप्रति आकर्षण वा चर्चा वा सम्पति प्रतिको लालच वा पागलपन हो भन्ने हरुको कमि छैन । प्रेममा उमेर बाधक हुँदैन भन्नेहरु पनि छन् तर केहि बर्ष पछी टुट्ने त्यो वा त्यस्तो बिबाह पागलपन नै हो भन्ने हरु कै बहुमत देखिन्छ कैयौ बिधवा वा सम्बन्ध बिच्छेद गरि बसेका एकल महिला हरुले एक वा दुइ भन्दा बढी यौन सम्पर्कको लागि साथी बनाएको वा घरमा कुनै बहानामा राखेको वा कार्यालयको सहकर्मी सङ्ग आफ्नो चाहना पुरा गराएको पाइएको छ हुन् त् हाम्रो भन्दा योन बिषयमा स्वतन्त्रता भएको समाजमा योन तृप्तिको लागि बहु साथि राख्ने वा बनाउने वा भाडामा बोलाउने प्रसङ्ग नया पनि होइन ।

बिस्वब्यापी रुपमा नै दुलही जेठी न भएर कान्छी नै हुने वा हुनु पर्ने परम्पराको पछाडिको कारण के हो रु अमेरिकाका प्रसिद्ध बिस्वबिध्यालयहरुका सम्बन्धित धेरै प्राध्यापक वा केहि प्रबुद्ध व्यक्तित्व हरु ले अध्ययन अनुसन्धान एबम समबन्धित पात्र हरु सङ्ग छलफल गर्दा यस्तो निष्कर्ष निस्किएको हो ।

सामान्यतया समाज वा व्यक्तिगतरुपमा पुरुष बिबाह पश्चात आफ्नी श्रीमतीको संरक्षकत्व वा जिम्मेवारी बहनकर्ता वा संरक्षण भरपोषण लगायतका सबै जिम्मेवारी बहन गर्नु अनिबार्य र नैतिक दायित्व सोच्छ तर के उमेरले जेठी दुलहीले आफु भन्दा कान्छो सङ्ग बिहे गरे पछी त्यो दायित्व निर्वाह गर्छन त ? वा आफु भन्दा कान्छो दुलहाबाट परम्परागत सुरक्षा र संरक्षण खोज्छन ? वा कति स्वाभाविक वा प्राकृतिक हुन्छ ? र संरक्षण खोज्नु के प्राकृतिक न्याय वा परम्परा अनुरुप हुन्छ त् ? वा कान्छो उमेरको दुलाहाको सुरक्षा संरक्षण अनि भरण पोषण गर्छन ? वा उमेरले जेठी दुलहीको सुरक्षा संरक्षण गर्ने दायित्व बहन गर्ने कि नगर्ने ? उमेरले जेठी दुलहीको व्यक्तित्व र सोचले उमेरले कान्छो दुलाहा माथि दबाब वा प्रभाब पार्छ सोचाइमा हुने फरकपनले यस्तो बिहे दिर्घकालिन हुन् नसक्ने हुन्छ ५ बर्ष सम्मको अन्तर लाइ मानसिक रुपमा समान र समझदारीमा एक रुपता हुन् सक्ने सम्भावना लाइ स्वीकारे पनि तर सो भन्दा बढी उमेरकी जेठी दुलही र कान्छो उमेरको दुलहा बिचमा केहि समय पस्चात ब्यबहारिकतामा समझदारी हुन् नसक्ने वा नसकेको सम्बन्धित बिज्ञ हरुको राय छ ।

समाजशास्त्री एबम मनोबिदहरु भन्छन सामान्यतया दुलहा र दुलहीको उमेर धेरै फरक हुनु हुँदैन सोच र मानसिकता समानता हुनु उमेर फरक हुँदा सोचाई को धार फरक हुन्छ त्यसैले सक्दो नजिक फरक उमेरको र बढी उमेरको दुलहा कम उमेरको दुलही बिहे गर्ने परम्परा चलेको हो कारण बिस्वको कुनै पनि देशको कानुनले दुलहा लाइ दुलहीप्रति सुरक्षा संरक्षण को जिम्मेवारी बहन गराउने अनिबार्य नीति बनाएको छ र दुलही बनेर दुलाहाको घरमा जाने भन्ने नै छ र त्यसको अर्थ पुरुषले दुलहीको सम्पूर्ण दायित्व निर्वाह गर्ने वा उठाउने भन्ने पनि हो । अर्को शब्दमा श्रीमान श्रीमतीको अभिभाबक पनि हो उमेरको हिसाबले अर्कोलाई सम्मान र मर्यादा गर्ने सामाजिक नियम हो यस अर्थले पनि हिजो देखिनै कम उमेरको दुलही र बढी उमेरको दुलहाको परम्परा बसेको हो । तसर्थ जेठी दुलही र कम उमेरको । दुलहाको बिहे अस्वाभाविक र प्राकृतिक नियम बिपरित हो । कम उमेरको दुलहाले खोज्ने आफ्नो आर्थैक सहजता र बढी उमेरकी महिलाको योन तृष्णाको लालचाभन्दा धेरै उमेर फरक जेठी दुलही र कान्छो दुलहाको सम्बन्धको बिशेष रुपमा कुनै त्यस्तो अपबाद बाहेक अर्को कारण न रहेको बिज्ञहरुको अनुसन्धानबाट थाहा भएको छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *