तिमी जितुवा मान्छे
|तिमी जितुवा मान्छे,
तिम्रा हरेक धड्कनले निडरताकाे ढुकढुक गुन्जाउदछन्
अाखाँका उजेलीहरूले भविष्यलाई प्रकाश थप्दछन्
हातका अाैलाहरूले चुचुराेकाे चित्राङ्कित गर्दछन्
हिजाे बेताेड्ले बाढी अाउदाँ पनि,
नडराएका तिम्रा मुटुहरू
नडगमगाएका तिम्रा गाेडाहरू
र नरसाएका तिम्रा अाखाँहरू
यी सबले नै हुनुपर्दछ तिमीलाई जित तर्फ झनझन धकेलेकाे
मान्छेहरूकाे गन्जगोलमा
शत्रु, मित्र र अाफन्त कुन भेषमा छन् ?
चिन्नलाई कठिन हुदाँ पनि
तिमीले त प्रहारहरूकाे प्रति प्रहार गर्न सक्दछाै
शुभेच्छाहरूकाे सङ्गालाेकाे माला उन्नसक्दछाै
त्यसैले त तिमी नायक हाै
कुशलताले भरिपूर्ण नायक
जिन्दगी नामकाे रङ्गमञ्चकाे
कहिले काहीं लड्याै भने पनि
तिम्रा लागि नयाँ रणनीतिकाे मुहान हुने गर्दछ
पर्याप्त उर्जा उत्पादन गर्दछाै त्यहिबाट
त्यसैले त हाेला तिमी झनझन जितकाे नजिक पुगेकाे
टाढैबाट शिखर देखेर अात्तिने त धेरै छन्
तिमीले त अाट नै गर्दियाै चढ्नलाई
जति तिमी माथि पुग्छाै, त्यति बतास बढ्दै जान्छ
तर तिमी त साहसकाे प्रतिमुर्ति
तिम्रा गाेडाहरू तब मात्र शान्त हुन्छन जब तिनले चुचुराे चुम्दछन
हाे त्यसैले त तिमी जितुवा मान्छे