विनाविभागीय मंत्री
|के न कसो गर्नु अब
क-कल्लाइ मात्र भन्नु
साह्रै अप्ठेरो रहेछ
विनाविभागीय मंत्री बन्नु
मंत्री पाउने भन्नासाथ सोझै
सपथ लिन दौडियो
यो सिट ऊ सिट मतलब भएन
झुण्डिएरै भएनि छिरियो
समस्या ल्याएका जनता
टुलुटुलु हेर्छन मात्र
पत्रकार मसला भेटिएझैँ
वरिपरि घेर्छन मात्र
के गर्नुहुन्छ कहिले टुङ्गो हुन्छ
सोध्छन कामकाज के हो
दृढ निर्णय निश्चित भिजन नहुँदा
छर्लङ छ यो हाल जे हो
यो चाहिँ क्षेत्रमा काम गर्छुँ भनि
सक्नुपर्ने रहेछ योजना भन्न
अहिले लागिरहेछ सांसद बनेको
जुनै भएपनि मंत्री बन्न
भो भो बाबा अब हुँदो रहेनछ
विनाविभागीय मंत्री खान
जनताको निम्ति काम गर्न
पर्दोरहेछ मंत्रालय तोकेरै जान