कृत्रिम सुख

मेराे अाेठमा देखिएका मुस्कानहरू,
कृत्रिम हुन्
वेदनालाई ढाक्न अाेढाईएका खाेल मात्रै

मसँग भएका यी हासाेहरू
किन्चित सक्कली हाेईनन्
यी त सब नक्कली बजारबाट किनेका सुन जस्ता

जाेसहरू,
धेरै पहिलेनै मरिसकेकाछन्
यी त सब अालस्यतालाई छाेप्न,
देखाईएका नाटकका श्रृङखला

प्राप्ती र उपलब्धी,
मेरा लागि हाेईनन्, हुदैहाेईनन्
तिनीसगँ त मेराे
जम्का भेटसम्म पनि हुदैन

अासहरू
मरेका लास सरह
जलेर नष्ट हुन मात्र बाकी छन्

क्रन्दनहरू,
पराजयका मुहानहरू
पिडाका पहाडहरू
यी हुन् मेरा
सक्कली, वास्तविकता
मेरा अाफ्ना,
सहयात्री जिन्दगीका

2 Comments

Add a Comment

Your email address will not be published. Required fields are marked *