पैतालाका डोबहरु
|जोशिला, आँटिला, पौरखी जोधक युवाहरु
ज्ञान, सीप र अनुभवका पारखी एवम् पारंगत वृद्धाहरु
हिंडिरहेछन् निरन्तर
कलिला मस्तिष्कका बालबच्चाहरु
हिंडाउँदै, डो¥याउँदै वा च्याप्प काखीमा च्याप्दै
बाँड्दै आफ्ना बिगतका कथा र बेथाहरु
बोकेर आफ्नो र घरपरिवारको
छरछिमेकी, समाजर देशको
लोभलाग्दा र अर्थपूर्ण रहरका योजनाहरु
बनाएर पैतालाका डोबहरु ।
किनकि,
छिचोल्नु छ उनीहरुलाई
अन्धकारबाट उज्यालोतिर
दुःख कष्टबाट नयाँ सुखका युगतिर
बढ्नुछ निरन्तर अगाडि
मृत्युको संघारमा रहेर पनि
खोज्दै जीवन र जगतको परिभाषा
पूरागर्न अपेक्षित स्वर्णिम अभिलाषा
बनाएर पैतलाका डोबहरु ।
हिंड्दैछन् उनीहरु
झरी बादल, प्रचण्ड गर्मी नभनी
कहिले ओराली त कहिले उकाली
कहिले सीधा त कहिले नागबेली
कहिले सानो त कहिले ठुलो
अनि छिचोल्दै
नदीनाला किनार र पुलपुलेसाहरु
घुम्ति, भीर, पाखा रखोँचहरु
खुईईय गदै
बिसाएर चौतारीमा पीडाका भारीहरु
फेर्दै लामो सास
मेट्दैे लुगाको फेरले पसिनाकाधारहरु
कहिले दिग्दारीले भक्कानिदै
तप्काउँदै आँखाबाट पसिनासँगै पीडाका आँशु बुँदहरु
त कहिले
नील गगनको छहारीमा रहेका
तराई, पहाड र हिमाली मुस्कानका
मनोरम प्राकृतिक दृश्यहरुमा रमाउँदै
उज्वल भविष्य खोतल्दै
अनि हौसिँदै बढ्छन् फेरि निरन्तर अगाडि
बनाएर पैतालाका डोबहरु ।
उषा कीरणहरु जस्तै
आशाका लहरहरु हेर्ने रहरमा
छैन उनीहरुमा कुनै प्रवाह पीडाको
ठोक्किदै, चिथोरिंदै, लड्दै
लागेमा गहिरो चोटपटक
बगेमा रगतका धारहरु
किनकी,
उनीहरु बढ्दैछन् निरन्तर अगाडि
मस्र्याङ्दी नदीको बहावजस्तै
आफ्नो निर्धारित गन्तव्यमा पुग्न
बनाएर पैतालाका डोबहरु ।
तर
उफ कस्तो विडम्बना !
उसका पुर्खा र उस्ले कोरेका बाटो, सडक तथा पुलपुलेसाहरु
पैह्रिएको छ
भत्किएको छ
ढलेको छ
गल्दैछ
भग्नावशेष हुँदैछ आज
केवल पुक्खल भष्टाचारीहरुको स्वार्थ र नाङ्गो आतङ्कले
उप्किँदो छ कालोपत्रे
पुरिँदोछ सडक किनारका ढलहरु
चल्दैछ योजना बिहीन डोजरहरु
गाउँका डाँडा-पाखाहरुमा
बन्दैछ खण्डहर उ हिड्ने बाटोहरु
एक पिलो बनेर
घट्दो छ पिताम
बिलाउँदैछ सुस्तरी उस्का स्वप्निल रहरहरु
अनि बनेका पैतालाका डोबहरु ।