व्यंग्य : अचम्मका मान्छे

मैले यो लेख्दै गर्दा बिच बिचमा एक्लै एक्लै निकै हाँसो उठ्यो त्यसै बेला झट्ट भैरव अर्याललाई सम्झिए उहाँले झन व्यंग्य लेख्दै गर्दा कति हाँस्नु हुदो हो त्यसवेला,भैरव अर्याललाई सलुट गर्न मन लाग्यो…..।

     संसार अचम्मको छ, तँपाई अचम्मको हुनु हुन्छ । म अचम्मको छु अनि यो जगत् पूरै अचम्मको छ । मान्छे किन अचम्मको हुन्छ भन्ने बारे मैले कयौँ महिनासम्म घोर तपस्या गरे जस्तै ध्यान नगरेको पनि होइन तर मूल जरो पत्ता लगाउन सकिन । कसैले तँ त अचम्मको मान्छे छस् नि भन्यो भने तँपाईलाई पनि झनक्क रिष उठ्छ, त्यही अचम्मको मान्छे भएर त रिष उठ्या हो त । आफु अचम्मको मान्छे छु भन्ने कुरो स्वयंम आफुलाई थाहा हुँदैन त्यो त अरूले पत्ता लगाएर उसको अचम्मताबारे बयान गरि दिने हुन । संसारमा जति पनि मानव छन यो सत्य हो कि हरेक मान्छे केही न केही अचम्मका नै हुन्छन्।

मेरो विशेष काम परेर केही दिन अगाडी सदरमुकाम आएको थिएँ  । अफिसको काम म सँगसँगै कोठामा आर्को जिल्लाबाट आएको व्यक्ति रूम पाटन्नरको रूपमा बस्ने भयो । नयाँ मान्छे कस्तो छ ! कस्तो ! छिनभर मै पत्ता लगाउने कुरो पनि आएन,”संगिलाई दोष लगाउनुभन्दा आफ्नो थैली राम्रोसँग सुरक्षित गरेको पाको हुन्छ” हजुरआमाले भनेको झट्ट सम्झिए र आफ्नो सबै समान सुरक्षित राखे । “अनि सर कति दिनको बसाई हो त हामीहरूको एता ? हजुरको नाम नि ? म सलिन है ।” प्रश्न तेर्साएर हातले आफ्नो घाटी चिलायो अनि नाकमा लगेर सुग्यो । म अचम्मको मान्छेसँग भेट भयो भन्दै मुसु मुसु हाँसे । “सर किन बोल्नु हुदैन” यसपटक हात गन्जि भित्र हालेर दुबै तिरको काखि मस्त सँग चिलायो हात निकाल्दै फेरी नाकमा लगेर सुग्यो । मानौ उसँको शरीरमा सुगन्ध भरिएको छ र चिलाएपछि सुगन्ध हातमा बस्छ अनि सुगेर आनंद महसूस गर्छ उँ म एस्तै सोच्दै थिए । “म घनबहादुर आजको रात मात्र हो सर मैले उत्तर दिए” “ओ हो हजुरको नाम कस्तो हो घनबहादुर रे हाहाहा” मानौ मैले जोक सुनाए अनि उ हाँस्यो । फेरी के के बोल्दै थियो म भने उसको अचम्मित व्यवहार देखेर हाँस्दै थिए । घरि पेट कनाउछ, घरी कान जे कनाए पनि अन्तिममा नाकमा लगेर सुग्ने उसँको अचम्मको बानि रहेछ । “अनि सर बिहे भयो कि नाई ?” एहि प्रश्न तेर्साएर एस पटक हात आफ्नो कटु भित्र हाल्यो र अगाडी पछाडी मस्तसग कनायो अनि निकालेर नाकमा लगेर सुग्यो, सुगेर गन्धले उस्को नाक खुम्चिएको देखेर म जोडसँग हासे । “सर पनि किन हाँस्नु हुन्छ लिनुहोस यो मेरो बुढीले बनाएर पठाएकी पुरी खानुस” झोलाबाट प्लास्टिकको पोको निकालेर केही पिस पुरी मलाई दिदै थियो । मैले झल्यास सम्झिए नधोईएको हात अनि कटु भित्र हालिएको हात, “भो भो सर म खादिन मलाई ग्यास्टीक छ” एसै भनेर अचम्मको मान्छेलाई गुट नाईट भनेर सुति दिए ।

सदरमुकाममा कोठामा सँगै बसेको रूम पाटन्नरको अचम्मको व्यबहार सम्झिएर घरमा आएपछी पनि पटक-पटक हाँसो उठि नै रहन्थ्यो । त्यसै बेला हाम्रो गाउँ माथि तिर गैरे भन्नेलाई सम्झिए , उ पनि अचम्मको मान्छे थियो । उसँको अचम्मको व्यबहार के भन्दा बाख्राले हगेको दानालाई सुकेपछी धुलो बनाएर सुर्तीको प्याकेटमा राखि लिएर हिड्ने, बाटोघाटो कसैले “गैरे दाई सुर्ती छ ?” भनि सोधे “छ” भनि खोल्टीबाट सूर्तीको प्याकेट निकाल्ने बाहीर हेर्दा सूर्ती तर भित्र बाख्राको दिसाको धुलो विचरा खानेले सूर्ती सम्झिएर मुखमा हाल्थ्यो दिने गैरे खित्का छोडेर हाँस्थ्यो जब सूर्ती मुखमा हाल्नेले मुख विगार्थ्यो । कयौ पटक पिटाई अनि सयौको गालि खादा पनि उसको त्यो अचम्मको बानि कहिल्यै छुटेन । म सँगसँगै अफिसमा काम गर्ने अछाम तिरका एक साथि थिए । उनको पनि अचम्मको बानि रहेछ हातका नङ्ग टोक्ने । हात एस्सो हेरेको औलाका टुप्पामा पूरै घाउ भएको तर पनि औला टोक्न नछोड्ने । सुरूमा उहाँ अफिस आउदा अफिसमा नै काम गर्ने एक महिला कर्मचारीलाई अफिसको बारे बुझ्न आफ्नो क्याविनमा बोलाउनु भएछ महिला उहाँको क्याविनमा जाने वितिकै मुसु मुसु हाँस्दै आफ्नो हातका औला टोकेछन ती महिला कर्मचारीले आँफुलाई अनैतिक कार्यको लागि सकेत गरेको भन्दै गालामा झापड लगाई दिईछन । पछि बल्ल ती महिला कर्मचारी लाजले भुतुकै भईन कि उहाँको नङ टोक्ने बानि त बानि हो । आज पनि ति अछामि साथिको अचम्मको बानि देखेर छक्क पर्छु ।

मैले चिनेको एक जना मेरै नजिकको साथि थियो । मोटोघाटो सेतो अनुहार फिलिमको हिरो जस्तै देखिन्थ्यो हेर्दा । उसको पनि अचम्मको बानि थियो जब गफ गर्न चौरमा बस्यो आफु बसेको वरपर जे छ त्यो मुखमा हाल्ने धेरै जसो छेस्काहरू मुखमा हाल्थ्यो । एकदिन उसैसँग माघको महिना घाम ताप्न भनेर अल्ली परको चौरमा बसेको गफ गर्दा गर्दै हातले सुकेको लठ्ठि जस्तो मुखमा हाल्यो नहेरि हालेको पछी गनाएपछी पो थाहा पायो कसैले हगेर छाडेको रहेछ त्यही गु सुकेर लठ्ठि जस्तै भाको रहेछ पछि त थु…थु… मात्र गरि रह्यो म भने मरि मरि हाँसे । मैले हल्का चिनेको गोरू बेचेको साईनो लगाएर मलाई भिनाजु भिनाजु भन्दै नाता जोड्ने एक मित्र थिए । सुरूमा त मलाई थाहा भएन पछि पछि थाहा भयो कि उनको पनि अचम्मको वानि रहेछ । जहाँ मान्छेको भिडभाड हुन्छ त्यही गएर फुस्स पाद्ने । गन्ध फेरी एति धेरै कि वरपर मान्छे बस्न नसक्ने उँसग पनि मैले केही समय सँगसँगै साथ बिताए । मान्छेको भिडभाड भयो कि उँसले फुस्काउन सुरू गरि हाल्ने, थाहा पाएर पनि म भने नाक थुनेर चुप बस्थे उ भने मुसु मुसु हाँस्थे । पहिले पहिले त झन पाद्ने अनि हात पछाडी लगेर समाएर अरूको नाकमा आफ्नो हात लगेर सुघाँइ दिनेसम्म गर्थे रे दुई चार जनाले झापड लगाएपछी त्यो बानि छुटेको रे भन्नेसम्म सुनेको थिएँ ।

एकदिन उसलाई लिएर बजार जादै गर्दा बसमा सिट खालि थिएन । हल्का मान्छेको भिड रहेछ तर पनि हामी त्यस बसमा चड्यौ । बस गुड्न सुरू भएपछि बिच भागमा गएर उभिएर उसले पाद्न सुरु गरेछ, गन्ध फेरी एस्तो कि बस भित्र नै कुहिएको सिनो छ जस्तै । मान्छेहरू सबैले नाक थुन्न सुरु गरे मैले थाहा पाई हाले तर हाँस्दै चुप रहे । उसको नजिक सीटमा बस्नेले नाक थुन्दै गालि गरि रह्यो एस्तो भिडमा कसले हो कसले के थाहा । एक दुई पटक त यात्रि नाक थुनेर सीटमा नै बसि रह्यो पछि अति भएछ क्यारे सिटबाटै उठेर अगाडी उभिन आयो । हाम्रो पालो त्यही सिटमा गएर बसियो । गोरू बेचेको साईनो भएको सालो केटाको उक्त अचम्मको बानिले मलाई फाईदा भयो कि बेफाईदा छुटाउन सकिन ।

ट्विटरमा @rajanpjl

One Comment

Add a Comment

Your email address will not be published. Required fields are marked *