सामाजिक संजालमार्फत् गठित समुहद्धारा निशुल्क स्वास्थ्य शिविर
|रंगेली नगरपालिका २ स्थित आधारभूत विद्यालयमा जुलाई ९ तारिख सोमबार एकदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
साथी सबैभन्दा माथि सामाजिक संजाल फेसबुकमार्फत् स्थापित समुह एक वर्ष पुगेको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
सो स्वास्थ्य शिविरमा बालिबालिका, बृद्धबृद्धा तथा महिला गरी ५ सय जनाले स्वास्थ्य परिक्षण गराएका थिए । विराट मेडिकल कलेजको सहकार्यमा विरामीहरुको चेकजाँच गरियो । सो शिविरमा बाल रोग विशेषज्ञ डाक्टर उमिय झा, छाला रोग विशेषज्ञ रजनी झा, मेडिकल अफिसर डाक्टर अन्जली दत्त, फिजिसियन मिथिलेश कुमार गुप्ताले विरामीहरुको परिक्षण गरेका थिए । शिबिरमा चीनी रोगका धेरै विरामी देखा परेका स्वास्थ्य शिविर आयोजक संस्थाका अध्यक्ष आरएस कार्कीले बताए ।
यसैगरी शिविरमा बालबालिकाहरुमा मौसम परिवर्तनका कारण देखा पर्ने ज्वरो, रुघाखोकी जस्ता समस्या परीक्षण गर्न आएका बालबालिकामा देखापरेको डाक्टर उमिया झाले बताए ।
उक्त स्वास्थ्य शिविरको आयोजना चाँदनी बहुउद्देश्य सहकारी संस्था, उपकार हेल्थ केयर र फ्रेण्ड साथीको संयुक्त आयोजनामा गरिएको चाँदनी बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष आरएस कार्कीले नेपाली पोष्टलाई बताए ।
शिबिरमा संस्था आफैंले निशुल्क दवाई बितरणको व्यवस्थासमेत गरेको र आउँदा दिनहरुमा समेत संस्थाले सामाजिक काममा अग्रसर रहने कार्यक्रम आयोजक संस्थाका एक सदस्य बिपिन दहालले नेपालीपोष्टलाई बताए ।
तस्वीर: रुपेश पराजुली