रूपसुन्दरी

झलल झल्किने सेतो हिमाल जस्ती
झरर झर्ने झर्नाजस्ती
टहटह लाग्ने जूनजस्ती
ढकमक्क फूलेकी गुलाबजस्ती।
कति सुन्दर वदन तिम्रो
कति स्निग्ध गाला
कति चम्किला आँखा तिम्रा
कति मोहक मुस्कान।
कालो पहिरणमा सेतो मुहार
भर्खरै उदाएकी जूनजस्ती
कसले चडायो त्यो फूल शीरमा ?
कसले हिमाल चड्यो होला?
कसले छुने भाग्य पायो होला?
कसले फूलको सुगन्ध पायो होला?
कसले प्रिती जोड्यो होला?
कसको भाग्यमा जोडिएको होला?
