जति बूढाबूढी हुदै गयो त्यति रमाइलो
|सुहाग रातमा जस्तो थियो त्यस्तै हाम्रो अँगालो
जति बूढाबूढी हुदै गयो त्यति रमाइलो
जीवन भरको हाम्रो इतिहास
मुजा परेको छालामा
डुब्दै जाने घामको लाली
सुहाएको त्यो गालामा
चस्मा हराउदा लौरो टेकि खोज्छौँ आलोपालो
जति बूढाबूढी हुदै गयो त्यति रमाइलो
बात मारिरहन मन लाग्छ
कान थापि तिमी संग
तिम्रो मेरो पहिलो हाँसो
जीवनको अन्त्य सम्म
पहिलेको र अहिलेको संझना सँगालो
जति बूढाबूढी हुदै गयो त्यति रमाइलो
सुहाग रातमा जस्तो थियो त्यस्तै हाम्रो अँगालो
जति बूढाबूढी हुदै गयो त्यति रमाइलो
One Comment
बहुत सुन्दर । उमेर सापेक्ष गीत लेखेर अाफ्नाे उमेरकाे जानकारी पनि दिलाइ दिनु भएकाेमा धन्यवाद ।