पूर्व प्रधानमन्त्री बाबुरामको अमेरिका-युरोप शैक्षिक भ्रमणमा उठेका प्रश्न
|माओबादी जनयुद्धका चर्चित अगुवा एबम पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई (पीएचडी) हाल अमेरिकाको शैक्षिक भ्रमणमा हुनुहुन्छ अमेरिकाको डलास शहरमा नेपाली समुदायलाई भन्नु भयो नेपालमा कुन मोडेलको राजनैतिक प्रणाली ठिक हुन्छ बुझ्न आउनु भएको रे उहाँको यो भनाइ सुनेर मनमनै उहाँको बौद्धिकताप्रति दया लागेर आयो हाँसो पनि उठ्यो घरमा आगो झोसेर कुवा खन्न सामान जोर्न बजार जाने यो बौद्धिकता आफैमा ठिट लाग्दो छ…. अनि तपाइँ आफुलाई अति नै अध्ययनशील भन्न रुचाउनु हुन्छ क्यारे त्यसैले आफ्नो मौलिक अनुभब र सोच भन्दा बढी कसले कुन किताबमा यो भनेका छन् भनेर जोड्नु हुन्छ फेरी आजको बिकसित प्रविधिको अबस्थामा सामान्य स्कुले बालक झैँ भबिस्यको विकासे मोडेल खोज्दै शैक्षिक भ्रमण ? शैक्षिक भ्रमणको गुरु तिनै आप्रवासी नेपाली हुन् भने भट्टराइलाई कठै भन्ने धृष्टता नगर्नु ?
उहाँको शैक्षिक भ्रमण रे सुनेर प्रसङ्गबस म रत्न राज्य कलेज पढ्दा इतिहासको बिध्यार्थी भएकोले नेपालका एकीकरण नायक बडा महाराजाधिराज पृथ्वीनारायण शाहको राज्य गोर्खा दरवारको भ्रमण गर्न गएका थियौ ३ जना प्राध्यापक र १६ जना इतिहासका बिध्यार्थी खैरेनी मनकामना मकैबारी हुँदै दोस्रो दिन गोर्खा पुगेका थियौ तेस्रो दिन बिहान गोर्खा दरवारमा पुगेर फोटा खिचेका थियौ जसरि अहिले भट्टराई युरोप-अमेरिकाका ऐतिहासिक शालिक, दरवारको अगाडी बसेर फोटा खिचाउदै हुनुहुन्छ । उहाँले आफ्नो शैक्षिक भ्रमणलाई हलुका र उपयोगी सुन्य बनाउनु भयो कारण हामी केटाकेटी छंदा आमा एबम बुढापाकाले भन्नु हुन्थ्यो, ‘बाबु संगत गर्नु त हमेसा आफुभन्दा ठुला अर्थात ज्ञानीको, ठुलो रुखको ओत लागे एक झर पानीले भिज्दैनौ र तापमा शितल दिन्छ’ अर्थात भट्टराई जस्तो व्यक्तित्वको शैक्षिक भ्रमण भेटघाट युरोप-अमेरिकाका सांसद बैज्ञानिक योजनकार बिशिष्ठ पूर्व वा बहालवाला राजनैतिक नेतृत्व वा नेपाल सम्बन्धि जानकार सहयोगी व्यक्तित्वहरु सङ्ग हुनु पर्थ्यो र आफ्नो नेपाललाई सम्बृद्ध बनाउने सोच योजना राख्नु पर्थ्यो र सल्लाह सुझाब माग्नु पर्थ्यो तर वहा त् उही अनेक बहाना बनाएर देश छोडेका वा पलायन भएका केहि नेपालीको अगाडी पछाडी झोला बोकेर एउटा नितान्त अनभिज्ञ साधारण नागरिक झैँ बिभिन्न ठाउमा पुगेर फोटो खिचेर राख्न व्यस्त हुनुभयो । यसले नै उहाँमा कुन गहिराइको सोच र योग्यता छ भन्ने प्रमाण दिन सफल भयो ।आज भट्टराई एउटा निरिह नागरिक झैँ शैक्षिक भ्रमणमा हुनु हुन्छ राजा ज्ञानेन्द्र आउँन कि, कमल थापा आउँन कि प्रचण्ड आउँन कि माधवकुमार आउँन कि देउवा जो आउँदा पनि फोटो खिचाउन लालच राख्ने आफु भन्दा धेरै योग्यता वा हैसियत नभएकाहरुसंग छलफल गरेर के विकासे मोडेल भेट्नु होला ? भेटने कार्यक्रमा कमसेकम आप्रवासी नेपालीहरु जो डा. प्राध्यापक, बिज्ञ एबम बैज्ञानिक नेपालीहरुलाई खोज्ने खोजाउने र राय सल्लाह लिने सोच भने किन अएन वा यहाँ भएका त्यस्ता व्यक्तिहरुले भेट्न सल्लाहा दिन नचाहकेका हुन् जस्तो धेरै देखियो । नेपालमा कुन मोडेलको राजनैतिक पद्धति ठिक हुन्छ भनेर बुझ्न रे पानी जति मथे पनि घिउ निस्कदैन नेपाली समुदायसङ्ग घुमेर भेटेर विकासे मोडेल भेटिदैन भन्ने ज्ञान उहाँमा देखिएन र अनाहकमा डलासमा अमिलो मन बनाउनु पर्यो कति दुख लाग्यो होला ?
भट्टराई आज आएर देशको लागि राजनैतिक र विकासे मोडेल खोज्दै देश विदेश भ्रमण आफैंमा हाँस्यास्पद त छँदैछ यदि साच्चिकै सच्चिएर इमान्दारीपूर्वक देशको भलाइमा सोच्दै हुनु हुन्छ भने बिस्वस्त पार्न केहि गम्भीर प्रश्नको उत्तर अनिबार्य सार्बजनिक रुपमा दिनुपर्छ ।
१. तपाईंको बास्तबिक मिसन-भिजन र प्रतिबद्धता के हो ? बुँदागत स्पष्ट पार्नु अनिबार्य छ कारण तपाईं निर्माणबिज्ञ (आर्किटेक इन्जिनियर) भएर नेपालले तपाइको हातबाट खासै कुनै भवन र पुलको नमुना सिर्जना पाउन सकेन र राजनैतिक चासो राख्नु भयो, पंचायतकालमा मानबाधिकार आयोग जस्तो सस्थाको उपाधक्ष बनेको व्यक्तित्व पछी निर्मम एबम क्रुर जनयुद्धको मोर्चाको नेतृत्व गर्न पुग्नु भयो तपाईका यी दुई खुट्टामध्ये कुन खुट्टालाई सक्कली र कुनलाई नक्कली भन्ने र तपाईंको कथित् बौद्धिकतालाई कसरी परीक्षण गर्ने बताई दिनु हुन्छ कि ? फेरी कहिले लेख्नु हुन्छ जनयुद्धमा राजा सङ्ग हाम्रो कार्यगत एकता थियो…… त्यस्तो हो भने किन राजसंस्था फ्याक्नु भयो ?
२. ल मानौ तपाईंले खास परिबर्तनको लक्ष राखी मानवियताको पक्षलाई त्यागि क्रुरताको बाटोको अगुवाई गर्नु भयो तत्कालिन नेपाल सरकार समक्ष राखेको ४२ बुंदे माग बाट १८० डिग्री उल्टो फर्केर बिदेशी भूमिमा बिदेशीलाई साक्षी राखी बिदेशीको निर्देशनमा सम्झौता गरि परिबर्तन गराउनुभयो आफै प्रधानमन्त्री भएको संबिधानसभाको खारेजी गर्नु भयो र बिद्शिकै निर्देशनमा असंबैधानिक बाटोबाट खिलराज रेग्मी जन्माउनु भयो अनि आफै सभापति रहेको संबैधानिक समितिले प्रस्तुत गरेको आफ्नो नेतृत्वको जनयुद्धले राखेको माग पुरा पनि भएको र सरकारले जारि गरेको संबिधानप्रति असन्तुष्टि जनाउदै माओबादी समेत छाडेर कथित् नया शक्तिको नेतृत्व गर्दै हुनु हुन्छ जुन दलमा अधिकांस पूर्व माओबादी कार्यकर्ता अन्य दलमा न अटेका वा हटाइएको लालच पुरा न भएर असतुष्ट एबम USAID र यूरोपियन का तलब खाने केहि झुण्डहरुलाई बोकेर तपाइँ कुन नीति सिदान्त मिसन भिजन को कुरो गर्दै हुनुहुन्छ ? अन्य र तपाइको दलमा फरक के ? अब भन्नुस के तपाइँ कमुनिष्टलाई घृणा गर्नु हुन्छ ? कांग्रेस मा समाहित हुनुहुन्छ ? (कांग्रेस कै सहयोगमा निर्वाचन लडेर जित्दा ग्लानि भयो कि भएन ?) वा पंचायतलाई अङ्गीकार गर्नु हुन्छ ? नयाँशक्ति नयाँ पद्धती निर्माणको आधार र बाटो के हुन् ?
३. लौ माओबादी त्याग्नु भयो रे मानौ तर किन त् आजसम्म कथित् जनयुद्धप्रति “पश्चाताप” व्यक्त गर्नु हुन्न ? वा ठिक थियो भन्नु हुन्छ भने किन माओबाद त्यागेर हिड्नु भयो ? यस्तो भ्रमपूर्ण नीतिले तपाइँप्रति अविस्वास र चर्चामा आउने तपाइको बौद्धिकतालाई हाँस्यास्पद र निरस बनाउदै लगेको महसुस गर्नु हुन्छ ?
४. अब भन्नुस नयाँशक्ति भनेको के हो ? मात्र नयाँ राजनैतिक दल र तपाइको लागि सत्ताको भर्याङ्ग ? वा नयाँ संविधानको खोजि ? नयाँ संविधानको खोजि होभने त्यसको मोडेल सार्बजनिक गर्नु पर्छ कि पर्दैन ? म जस्तो साधारण नागरिकले तपाइँलाई कसरि बुझ्ने ? के तपाइँ सुदुर गाउको शिक्षा र संचारबाट बन्चित अति साधारण नागरिक हुनु हुन्थ्यो र प्रचण्डको लहै-लहैमा घर-जग्गा राम्रो जागिर पाउछु भनेर जनयुद्धमा होमिनु भएको हो ? र, अहिले आएर प्रचण्डपथ ठिक लागेन ? किन ? आफुलाई बिद्धवान र सोचको धनि ठान्नु हुन्छ भने बिगतका आफ्नो इतिहासलाई साक्षी राख्दै तपाईंका विरोधीहरुले भन्दै आएको तपाइँलाई बिदेशीबाटसंचालित हुनु हुन्छ भन्ने आरोपको खण्डन कसरी गर्नु हुन्छ ? तपाइँ अब कमुनिष्ट कि प्रजातान्त्रिक एबम मानाबाधिकारबादी ?
५. फेरी अमेरिका आएर बुद्ध पृथ्वीनारायण बिपी मेरा आदर्श हुन् पनि भन्नु हुन्छ के मार्क्स-लेनिन माओ झुठा रहेछन वा मेरो बितृष्णा रह्यो भन्नु भएको हो ? होइनभने एक व्यक्तित्वको जीवनमा कतिवटाको आदर्शले प्रभाब पार्छ ?
पृथ्वीनारायणको सालिक तोड्नेलाई कारवाही र आफ्नो नेतृत्वमा भएको कारण क्षमा माग्नुस भट्टराई पहिले एकीकरण गरेर बलियो राष्ट्र बनेको नेपाललाई क्षयीकरण गर्ने तपाइको आदर्श ? अझै नेपाली नागरिक सच्चिक्कै मुर्ख छन् र मुर्ख बनाइ रहन सकिन्छ भन्ने तपाइको मान्यता ? कत्रो भ्रम ?
तपाइले बुद्धको शान्दर्भिकता अब रहेन भनेको केहि बर्ष मात्र भयो बि पी तपाइँलाई गोर्खाबाट कांग्रेसले चुनाव जिते दिएकोमा आभार मात्र हो ?
के तपाइँ कमुनिष्टलाई घृणा गर्नु हुन्छ ? जनयुद्धप्रति पश्चाताप भएको हो ? होइन भने शान्तिका अग्रदुत महामानव गौतम बुद्धको जन्मभूमि नेपाललाई शान्ति क्षेत्र घोषणा गरियोस भनेर बिस्व सामु माग राख्ने राजालाई दिल्लीमा कालो झन्डा देखाउने तपाइँ र नेपालजस्तो शान्तिभूमीमा लाखौको रगत र आँशु बगाउने तपाइँले उहाँहरुको नाम लिनुभन्दा पहिले आफ्नो बिगतप्रति सार्बजनिक ? यसमा पश्चाताप भएको र क्षमा मागेको हुनु पर्छ । कुनै दिन तपाइले कान्तिपुरमा ‘राजसस्था बिस्थापित गरेर पुनर्स्थापित गर्न पनि सकिन्छ’ भनेर लेख्नु भएको थियो अब तपाइँ स्वयम् आम नागरिकलाई बुझाइ दिनुस सिदान्त त् तपाइको बास्तबिक राजनैतिक लिङ्ग के हो ?
६. यत्रो नरसंहार खर्बौको राष्ट्रिय संरचना खरानी असिमित अनियन्त्रित बिकृति विसंगति बलात्कार हत्या अपराधको पहाड निर्माणको जिम्मेवार र प्रेरक प्रचण्ड र तपाइँ नै हो अब आज आएर नेपालको लागि उपयुक्त राजनैतिक र विकासे मोडेल खोज्न शैक्षिक भ्रमण भन्नु हुन्छ भने के तपाइले आफ्ना हिजोका सबै क्रियाकलाप गलत रहे पश्चाताप गर्छु मेरो बिगत मृत भएको घोषणा गर्दै नया जीवन नया सोचको निर्माण गर्दैछु भन्न सक्नु हुन्छ ?
७. यो बिगत २८/३० बर्ष वा खास गरि माओबादी जनयुद्ध नेपालको राजतन्त्रको बिरुद्ध राष्ट्रबादी अडानको बिरुद्ध प्रचण्डको दरिद्र मानसिकता वा बिदेशीको ग्रयाण्ड डिजाइनको प्रतिफल मात्र हो ? कथित् जनयुद्ध मौलिक धर्म, सस्कृति राष्ट्रिय एकता स्वाधिनता सार्बभौमिकता र सम्वृद्धिका धरोहर ध्वस्त पार्नु मात्र थियो ? तपाइँसङ्ग अरु कुनै मिसन भिजन र राजनैतिक बिकासका मोडेल सुन्य थियो रुर आज मोडेल खोज्न भौतारी रहनु भएको छ ? होइन भने त्यहि राजतन्त्र हो जसले भारतीय चंगुलबाट नेपाललाई स्वतन्त्र राष्ट्रको हैसियतमा बिस्वसामु पुर्याउन सफल भयो चर्को सितयुद्धकालमा पनि अमेरिका, रसिया, चीन, भारत, जापानलाई यो देशको औद्योगिकीकरण, शहरी कारण कृषि पशुपालन सडक हवाई यातायातको बिकासमा प्रतिस्पर्धी गराएका थिए पंचायतको विकासे मोडेल आजको कुनै बिकसित मुलुकको भन्दा कम थिएन मात्र भुपेरिबेष्ठित र छिमेकीको दुर्नियतको संघर्ष गर्नु परेको थियो त्यसको बाबजुद २०४६ सालसम्ममा नेपाल १४२ प्रकारका ग्राहस्थ उत्पादनमा आत्मनिर्भर भैसकेको थियो कसरि बिर्सनु भयो ? किन खरानी बनाउनु भयो त्यो मोडेल र उपलब्धि ? अनि आज विकासे मोडेल खोज्दै शैक्षिक भ्रमणमा हुनु हुन्छ ? हामि मुर्ख ? २०३२ सालमा नै पंचायतले तयार पारेको काठमाडौंको सडक बिस्तार योजनालाई कार्यन्वयन गरेर आफुले ठुलो काम गरेको चर्चा गर्नु हुन्छ तर तपाईमा बिबेक दुरदर्शिता भएको भए आज उपत्यकाबाट २५/३० प्रतिशत जनघनत्व कम गर्ने र नयाँ शहर निर्माणको थालनी गर्नु हुन्थ्यो तर नागरिकलाई सडकमा पुर्याएर झुन्डेर मर्नेसम्मको अबस्थामा पुर्याएर पुरुसार्थ गरे भन्नु हुन्छ ? यूरोप घुम्नु भयो त्यहाँका ७ वटा प्राचीन शहरका भित्रि भागमा निजि सवारी साधन निषेध गरेर पैदल मैत्री बनाइएको थाहा पाउनु भयो होला काठमाडौं उपत्यका बिस्वको त्यो अनुपम ऐतिहासिक स्थल हो जहाँ दर्जनौ बिस्वसंपदा सूचीमा रहेका धरोहर छन् त्यहाँ बस्ति बिकास गर्ने कि नियन्त्रण र त्यसको मौलिकता ध्वस्त बनाउने ? सोच्ने क्षमता योग्यता देखाउन सक्नु भएन ।
अन्तमा पूर्व प्रधानमन्त्री एवम् नयाँशक्तिका प्रमुख व्यक्तित्व बाबुराम भट्टराईले के-कस्तो मोडेल भेट्नु हुन्छ र कसरी नेपालमा कहिले कार्यन्वयन कसरी गर्नु हुन्छ प्रतिक्षा गर्नुको बिकल्प छैन तर भन्नै पर्छ भट्टराइ देशको आजको अबस्थामा मानौ तपाइँ प्रधानमन्त्री हुनु भयो भने के INGO मुक्त नेपाल बनाउन सक्नु हुन्छ ? लि क्वान बन्ने इच्छा शक्ति र सोच छ ? के तपाइँ भारतीय प्रधानमन्त्री मोदीझैँ परिवार लगायत आफन्तको घेराबाट माथि उठ्न क्षमता योग्यता वा त्यागको भावनाले प्रेरित हुनु हुन्छ ? वर्तमान राजनैतिक र प्रशासनिक संरचना देशको आर्थिक सामर्थ्यभन्दा टाढाको हो के तपाईमा आन्तरिक स्रोत र साधनमा नियन्त्रित राजनैतिक प्रसासनिक संरचनाको लागि संबिधान परिमार्जन गर्नु हुन्छ ? शैक्षिक भ्रमणमा थाहा पाउनु भयो होला अमेरिकाको भूगोल जनसंख्या अनि केन्द्र प्रदेशमा प्रतिनिधि संख्या अर्थात के तपाइँ कुल आम्दानीको कम्तिमा ७५ प्रतिशत बिकास निर्माण र बढीमा २५ प्रतिशत राजनैतिक प्रसासनिक खर्च गर्ने गरि संबिधान परिबर्तन गर्न सक्नु हुन्छ ? के तपाइँ बिस्वब्यापी मान्यता अनुरुपको आप्रवासी (नागरिकता) को नीति लागू गर्नु हुन्छ ? के छ त् तपाइको नयाँशक्तिको आदर्श सिदान्त र अनुकरणीय बिकास गर्ने अठोटको मार्गचित्र ? सार्बजनिक गर्नुस है अमिलो भयो ? शैक्षिक भ्रमण सानो मन नगर्नुस यो पनि एउटा शिक्षा ठानेर सहज ग्रहण गर्नु होला ।